'जहाँ सफा, त्यहाँ स्वास्थ्य र सम्मान' भन्दै जनकपुरको A to Z कम्यूटर सेन्टरको जानकी मन्दिरमा सरसफाई
विभिन्न शिफ्टमा अध्ययनरत विद्यार्थीहरुलाई सेन्टरले शनिबार विदाको दिन मिलाएर सरसफाईमा सहयोग गर्न निर्देशन दिएको थियो । सोही अनुसार शनिबार बिहानै जानकी मन्दिर पुगेका विद्यार्थीहरुलको टोली, कर्मचारीहरुले सँयुक्त रुपमा सरसफाई गरेको हो ।

२०८२ बैशाख २० शनिबार, राति ८:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको सबभन्दा पुरानो र चर्चित कम्यूटर तालिम प्रदायक सँस्था ए टु जेड कम्प्यूटर सेन्टरले जानकी मन्दिरमा सरसफाई गरेको छ ।
शनिबार सो सेन्टरमा अध्ययनरत विद्यार्थीहरुको समूहले जानकी मन्दिरमा पुगेर कुना काप्चा सफाई गरेको हो ।
मन्दिरको सरसफाईप्रति सरोकारबालाले ध्यान नदिएपछि मन्दिरको अवस्था हेर्दै A to Z कम्प्यूटर सेन्टरले वृहत रुपमा सरसफाई गरेको सँचालक सँजय यादवले जानकारी दिए ।
विभिन्न शिफ्टमा अध्ययनरत विद्यार्थीहरुलाई सेन्टरले शनिबार विदाको दिन मिलाएर सरसफाईमा सहयोग गर्न निर्देशन दिएको थियो । सोही अनुसार शनिबार बिहानै जानकी मन्दिर पुगेका विद्यार्थीहरुलको टोली, कर्मचारीहरुले सँयुक्त रुपमा सरसफाई गरेको हो ।

“जहाँ सफा, त्यहाँ स्वास्थ्य र सम्मान” भन्दै सरसफाई अभियानमा टेवा पुरयाएको प्रबन्धक पवन पँजीयारले जानकारी दिए ।
जनकपुरमा A to Z Computer Center बर्षौदेखि विश्वास जमाउन सफल भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…