IPL मा १४ बर्षिय किशोर बैभव सूर्यवंशीको शानदार शतक, फास्ट शतक हान्ने रेकर्ड !
आजको प्रदर्शनपछि वैभव आइपीएलमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने भने सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी पनि बनेका छन् । समग्रमा यो दोस्रव छिटो शतक हो । क्रिस गेलले सन् २०१३ मा ३० बलमै शतक बनाएका थिए ।

२०८२ बैशाख १६ मंगलबार, बिहान ७:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । १४ वर्षीय ओपनिङ ब्याटर वैभव सूर्यवंशीको शानदार शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई हराएको छ । राजस्थानले गुजरातमाथि ८ विकेटको शानदार जित निकालेको हो ।
गुजरातले दिएको २१० रनको लक्ष्य राजस्थानले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । ओपनर वैभवले ३५ बलमा शतक पूरा गरे भने शतकलगत्तै १ रन लिएपछि त्यसपछि फेस गरेको दोस्रो बलमा बोल्ड भएका थिए ।
पहिलो विकेटका लागि अर्का ओपनर यशश्वी जैसवालसँग मिलेर १६६ रनको साझेदारी गरेपछि राजस्थानको जित निश्चित भइसकेको थियो । ३८ बलको सामना गरेका वैभवले ७ चौका र ११ छक्कासहित १०१ रन तथा जैसवालले अविजित ७० रन बनाए ।
आजको प्रदर्शनपछि वैभव आइपीएलमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने भने सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी पनि बनेका छन् । समग्रमा यो दोस्रव छिटो शतक हो । क्रिस गेलले सन् २०१३ मा ३० बलमै शतक बनाएका थिए ।
कप्तान रियान पराग ३२ रनमा नटआउट रहे । प्रसिध कृष्णा र राशिद खानले १(१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो । कप्तान शुभमन गिलले सर्वाधिक ८४ रनको योगदान दिए भने जस बट्लर ५० रनमा नटआउट रहँदा साइ सुदर्शनले ३९ रन बनाए ।
राजस्थानका महीश थिक्सानाले २ तथा जोफ्रा आर्चर र सन्दीप शर्माले ११ विकेट लिए ।
यस जितपछि १० खेलमा ६ अंक भएको राजस्थान आठौं स्थानमा उक्लिएको छ । ९ खेलमा १२ अंक भएको गुजरात तेस्रो स्थानमा छ ।
यस नतिजाका बाबजुद राजस्थानको प्लेअफ अझै कठिन छ भने गुजरात अझै पनि बलियो अवस्थामा छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…