बाँसको पुलमा सिरहा नगरपालिका प्रतिनीधिको भ्रष्टाचार, ठेकेदार मुखियासँग मिलेर लाखौँ झ्वाम्म
प्रति मोटरसाईकल २० को दरले पनि अहिलेसम्म कम्तीमा ५० लाख रुपैयाँ आम्दानी भएको अवस्थामा मात्र २० लाख रुपैयाँ आम्दानी देखाएको हो । बाँकीको ३० लाख रुपैयाँ वडाध्यक्ष र ठेकेदारले झ्वाम्म पारेको हो ।

२०८२ बैशाख ११ बिहीबार, बिहान ९:३६ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्ला र सिरहा जिल्ला जोडने कमला नदीमा बाँसको पुल बनाएर सिरहा नगरपालिका र ठेकेदार मिलेर भ्रष्टाचार गरिरहेको पाईएको छ ।
ठेकेदारसँग मिलेर सिरहा नगरपालिकाले मिलोमत्तो भ्रष्टाचार गरिरहेको पाईएको छ । सिरहा नगरपालिकाको रसिदमा प्रत्येक मोटरसाईकललाई सोही दिन आवतजावतको लागि २० रुपैयाँ तिर्नुपरेको छ ।
दैनिक कम्तीमा १ हजार मोटरसाईकल आवतजावत गर्ने सो बाँसको पुल पार गर्न दिइने रसिदमा ठेकेदारले घप्ला गर्दै आएको पाईएको छ । प्रत्येक यात्रुसँग लिने २० रुपैयाँ वापतको दिइने रसिदमै घप्ला गरिरहेको पाईएको छ । गत बर्षको कार्तिक महिनादेखि नै नगरपालिकाको वडा नं. ६ को समन्वयमा ठेकेदार बसन्त मुखियासँग मिलेर पुल बनाएको छ ।
गत बर्षको कार्तिक महिनादेखि यो बर्षको बैशाख महिनासम्म मात्र १ लाख यात्रु बिल रसिदमा देखाइएको पाईएको छ । दैनिक कम्तीमा १ हजार वा सो भन्दा बढी नै यात्रुको आवतजावत हुने कमलामा अहिलेसम्म १ लाख मात्र यात्रु देखाएर भ्रष्टाचार गरेको पाईएको छ ।
कसरी गर्छ रसिदमा घप्ला ?
असलमा, नगरपालिकाले खटाएको कर्मचारी र ठेकेदार बसन्त मुखिया मिलेर ओहोर दोहोर गर्ने मोटरसाईकल यात्रुलाई रसिद दिने गरेको छ । फिर्ता हुने बेलामा सो रसिद पुनः लिएर अर्को यात्रुलाई दिने गरेको पाईएको छ । अर्का यात्रुसँग २० रुपैयाँ लिएपनि रसिद भने पुरानै सिरियल नम्बरको प्रयोग गरी घप्ला गर्दै आएका छन् ।
ठेकेदार बसन्त मुखियाले खटाएको कर्मचारीले यात्रुलाई एउटा रसिद पूर्जी दिने गरेको छ । फिर्ता आएको बेला सोही रसिद पूर्जी लिएर अर्का यात्रुलाई पनि दिएर लाखौँको भ्रष्टाचार गरेको हो । नगरपालिकाको राजश्व चोरी गर्न ठेकेदार मुखियाले सो आइडीया लगाएको हो ।

ठेकेदार मुखियाले नै खटाएको कर्मचारीहरु पनि रसिदमा घप्ला हान्दै आएका छन् । गत कार्तिकदेखि यो बर्षको चैत्त महिनासम्म दैनिक ८०० मोटरसाईकल आवतजावतले मात्र जोडे पनि करिब १ लाख ७० हजार मोटरसाईकल आवतजावत गरेको देखिन्छ । तर, अहिलेसम्म मात्र १ लाख बढी यात्रुको चिटपूर्जी देखिएको छ । एउटै पुर्जी दुई वा दुईभन्दा बढी यात्रुलाई प्रयोग गर्न दिएको पाईएको छ ।
प्रति मोटरसाईकल २० को दरले पनि अहिलेसम्म कम्तीमा ५० लाख रुपैयाँ आम्दानी भएको अवस्थामा मात्र २० लाख रुपैयाँ आम्दानी देखाएको हो । बाँकीको ३० लाख रुपैयाँ खटेका कर्मचारी र ठेकेदारले झ्वाम्म पारेको हो ।
यसले चिटको सिरियल अनुसार नगरपालिकाले मात्र राजश्व लिन पाउनेछ । यसरी, चिट पुर्जीमा घप्ला गरी ठेकेदार मुखियाले नगरपालिकाको राजश्व छली गर्ने गरेको पाईएको छ ।
उक्त बाटो भएर दिनको एक हजार वटासम्म मोटरसाइकल ओहोरदोहोर गर्ने गरेको ठेकेदार बसन्त मुखिया बताउँछन् । सिराहा नगरपालिकाले व्यवस्थापन गरेपछि २० रुपियाँमा ओहोरदोहोर भइरहेको छ ।
एक महिनाअघि कमला नदीमा आएको बाढीका कारण बाँस र काठले निर्माण भएको पुल हल्लिन थालेको छ । अब कुनै दिन ठुलो बाढी आयो भने पुल बगाएर लैजाने अवस्थामा पुगिसकेको छ ।
पुल पुनर्निर्माणका लागि पत्रकार देवकुमार यादव र हुलाकी सडक निर्माण सङ्घर्ष समितिका संयोजक रामरिझन यादवले स्थानीयको सहयोगमा दबाब सिर्जना गर्दै आएका हुन् । सिरहा नगपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष ईन्द्रजीत यादवले पटक पटक कमला पुल निर्माणको लागि आवाज उठाउँदै आएका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…