
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्ला र सिरहा जिल्ला जोडने कमला नदीमा बाँसको पुल बनाएर सिरहा नगरपालिका र ठेकेदार मिलेर भ्रष्टाचार गरिरहेको पाईएको छ ।
ठेकेदारसँग मिलेर सिरहा नगरपालिकाले मिलोमत्तो भ्रष्टाचार गरिरहेको पाईएको छ । सिरहा नगरपालिकाको रसिदमा प्रत्येक मोटरसाईकललाई सोही दिन आवतजावतको लागि २० रुपैयाँ तिर्नुपरेको छ ।
दैनिक कम्तीमा १ हजार मोटरसाईकल आवतजावत गर्ने सो बाँसको पुल पार गर्न दिइने रसिदमा ठेकेदारले घप्ला गर्दै आएको पाईएको छ । प्रत्येक यात्रुसँग लिने २० रुपैयाँ वापतको दिइने रसिदमै घप्ला गरिरहेको पाईएको छ । गत बर्षको कार्तिक महिनादेखि नै नगरपालिकाको वडा नं. ६ को समन्वयमा ठेकेदार बसन्त मुखियासँग मिलेर पुल बनाएको छ ।
गत बर्षको कार्तिक महिनादेखि यो बर्षको बैशाख महिनासम्म मात्र १ लाख यात्रु बिल रसिदमा देखाइएको पाईएको छ । दैनिक कम्तीमा १ हजार वा सो भन्दा बढी नै यात्रुको आवतजावत हुने कमलामा अहिलेसम्म १ लाख मात्र यात्रु देखाएर भ्रष्टाचार गरेको पाईएको छ ।
कसरी गर्छ रसिदमा घप्ला ?
असलमा, नगरपालिकाले खटाएको कर्मचारी र ठेकेदार बसन्त मुखिया मिलेर ओहोर दोहोर गर्ने मोटरसाईकल यात्रुलाई रसिद दिने गरेको छ । फिर्ता हुने बेलामा सो रसिद पुनः लिएर अर्को यात्रुलाई दिने गरेको पाईएको छ । अर्का यात्रुसँग २० रुपैयाँ लिएपनि रसिद भने पुरानै सिरियल नम्बरको प्रयोग गरी घप्ला गर्दै आएका छन् ।
ठेकेदार बसन्त मुखियाले खटाएको कर्मचारीले यात्रुलाई एउटा रसिद पूर्जी दिने गरेको छ । फिर्ता आएको बेला सोही रसिद पूर्जी लिएर अर्का यात्रुलाई पनि दिएर लाखौँको भ्रष्टाचार गरेको हो । नगरपालिकाको राजश्व चोरी गर्न ठेकेदार मुखियाले सो आइडीया लगाएको हो ।
ठेकेदार मुखियाले नै खटाएको कर्मचारीहरु पनि रसिदमा घप्ला हान्दै आएका छन् । गत कार्तिकदेखि यो बर्षको चैत्त महिनासम्म दैनिक ८०० मोटरसाईकल आवतजावतले मात्र जोडे पनि करिब १ लाख ७० हजार मोटरसाईकल आवतजावत गरेको देखिन्छ । तर, अहिलेसम्म मात्र १ लाख बढी यात्रुको चिटपूर्जी देखिएको छ । एउटै पुर्जी दुई वा दुईभन्दा बढी यात्रुलाई प्रयोग गर्न दिएको पाईएको छ ।
प्रति मोटरसाईकल २० को दरले पनि अहिलेसम्म कम्तीमा ५० लाख रुपैयाँ आम्दानी भएको अवस्थामा मात्र २० लाख रुपैयाँ आम्दानी देखाएको हो । बाँकीको ३० लाख रुपैयाँ खटेका कर्मचारी र ठेकेदारले झ्वाम्म पारेको हो ।
यसले चिटको सिरियल अनुसार नगरपालिकाले मात्र राजश्व लिन पाउनेछ । यसरी, चिट पुर्जीमा घप्ला गरी ठेकेदार मुखियाले नगरपालिकाको राजश्व छली गर्ने गरेको पाईएको छ ।
उक्त बाटो भएर दिनको एक हजार वटासम्म मोटरसाइकल ओहोरदोहोर गर्ने गरेको ठेकेदार बसन्त मुखिया बताउँछन् । सिराहा नगरपालिकाले व्यवस्थापन गरेपछि २० रुपियाँमा ओहोरदोहोर भइरहेको छ ।
एक महिनाअघि कमला नदीमा आएको बाढीका कारण बाँस र काठले निर्माण भएको पुल हल्लिन थालेको छ । अब कुनै दिन ठुलो बाढी आयो भने पुल बगाएर लैजाने अवस्थामा पुगिसकेको छ ।
पुल पुनर्निर्माणका लागि पत्रकार देवकुमार यादव र हुलाकी सडक निर्माण सङ्घर्ष समितिका संयोजक रामरिझन यादवले स्थानीयको सहयोगमा दबाब सिर्जना गर्दै आएका हुन् । सिरहा नगपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष ईन्द्रजीत यादवले पटक पटक कमला पुल निर्माणको लागि आवाज उठाउँदै आएका छन् ।
रुद्रसेन विश्वकर्मा र समिक्षाको 'होली सररर' मा आर्यन सिँग्देल र बिना राउतको रोमान्स
- २०८२ बैशाख ११ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । गायक रुद्रसेन विश्वकर्माले होली विशेष नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । उक्त गित बिहीबार युट्युबमा रिलिज गरिएको हो । गायकले गायिका समीक्षा अधिकारीसँग मिलेर गाएको
पूरा पढ्नुहोस्