कश्मिरको हमलापछि IPLमा यी ४ बदलाव, खेलाडीहरुले बाँडे कालोपट्टि !
पहिलो हमलाका मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न हातमा कालोपटिट् बाँध्ने, दोस्रो म्याच अघि एक मिनेटको मौन धारण हुने्, तेस्रो म्याचमा कुनै पनि टिमको चियर्स लिडर नहुने र चौथो खेलाडीहरुले कुनै प्रकारको जश्न मनाउन नपाउने, खुसियाली मनाउन नपाउने, आतिसवाजी गर्न नपाउने नियम पालन गर्नुपर्ने भएको छ ।

२०८२ बैशाख १० बुधबार, राति ८:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । क्रिकेट फ्रेन्चाईज अन्तर्गत भारतमा जारी इण्डियन प्रिमियर लीग (आईपिएल) मा आज खेलाडीहरुले कालोपटिट् बाँधेर क्रिकेट खेल्ने भएको छ ।
आईपिएलमा आज सनराईजर्स हैदरावाद र मुम्बई इण्डियन्सबीच भईरहेको खेलमा खेलाडीसहित अम्यायर समेतले हातमा कालोपट्टि बाँधेर खेल प्रदर्शन गर्ने भएको छ । भारत कश्मिरको पहलगाममा भएको आतंकी हमलापछि बिसिसिआईले आईपिएलमा चार बदलाव गरेको हो ।
पहिलो हमलाका मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न हातमा कालोपटिट् बाँध्ने, दोस्रो म्याच अघि एक मिनेटको मौन धारण हुने्, तेस्रो म्याचमा कुनै पनि टिमको चियर्स लिडर नहुने र चौथो खेलाडीहरुले कुनै प्रकारको जश्न मनाउन नपाउने, खुसियाली मनाउन नपाउने, आतिसवाजी गर्न नपाउने नियम पालन गर्नुपर्ने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…