
न्यूज ब्यूरो, जनकपुरधाम । क्रिकेट फ्रेन्चाईज अन्तर्गत भारतमा जारी इण्डियन प्रिमियर लीग (आईपिएल) मा आज खेलाडीहरुले कालोपटिट् बाँधेर क्रिकेट खेल्ने भएको छ ।
आईपिएलमा आज सनराईजर्स हैदरावाद र मुम्बई इण्डियन्सबीच भईरहेको खेलमा खेलाडीसहित अम्यायर समेतले हातमा कालोपट्टि बाँधेर खेल प्रदर्शन गर्ने भएको छ । भारत कश्मिरको पहलगाममा भएको आतंकी हमलापछि बिसिसिआईले आईपिएलमा चार बदलाव गरेको हो ।
पहिलो हमलाका मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न हातमा कालोपटिट् बाँध्ने, दोस्रो म्याच अघि एक मिनेटको मौन धारण हुने्, तेस्रो म्याचमा कुनै पनि टिमको चियर्स लिडर नहुने र चौथो खेलाडीहरुले कुनै प्रकारको जश्न मनाउन नपाउने, खुसियाली मनाउन नपाउने, आतिसवाजी गर्न नपाउने नियम पालन गर्नुपर्ने भएको छ ।
IPL मा १४ बर्षिय किशोर बैभव सूर्यवंशीको शानदार शतक, फास्ट शतक हान्ने रेकर्ड !
- २०८२ बैशाख १० बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । १४ वर्षीय ओपनिङ ब्याटर वैभव सूर्यवंशीको शानदार शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई हराएको छ । राजस्थानले गुजरातमाथि ८ विकेटको शानदार जित
पूरा पढ्नुहोस्