
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा आमाले आफ्नै तीन बालबच्चालाई विष दिएपछि मृत्यू भएको छ ।
धनुाषा जिल्लाको शहिदनगर नगरपालिका वडा नम्बर ५ पचहर्वा वासुदेवपट्टिस्थित सोमबार राती आमाले आफ्नै तीन छोराछोरीलाई विष खुवाएपछि मृत्यू भएको छ ।
धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीका अनुसार गहुँमा प्रयोग गरिने विष खाइएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
विष सेवनबाट सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको घटनास्थलमै मृत्यु भएको हो।
उनको अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको ईलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए ।
यादवका अनुसार सोमबार साँझ ६ः४० बजेको समयमा घरमै आमाले तीन जना छोराछोरीलाई विष खुवाएर आफूले पनि आत्महत्याको उद्देश्यले विष खाएकी थिइन् ।
स्थानीयले तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएपछि प्रहरीलाई खबर गरिएको थियो । उपचारको लागि लग्ने क्रममा तीनै जना बालबालिकाको मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए ।
उनका अनुसार गर्भवती रहेकी बविताको पेटमा रहेको ९ महिनाको बच्चालाई अप्रेसन गरी जीवितै उद्धार गरिएको छ ।
घरायसी विवादका कारणले उनले बच्चाहरूलाई विष खुवाइ आफूले पनि विष खाएको सोधपुछका क्रममा खुलेको प्रहरीको भनाइ छ ।
IPL मा १४ बर्षिय किशोर बैभव सूर्यवंशीको शानदार शतक, फास्ट शतक हान्ने रेकर्ड !
- २०८२ बैशाख ९ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । १४ वर्षीय ओपनिङ ब्याटर वैभव सूर्यवंशीको शानदार शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई हराएको छ । राजस्थानले गुजरातमाथि ८ विकेटको शानदार जित
पूरा पढ्नुहोस्