काठमान्डौँको निषेधित क्षेत्रमा राप्रपाले ७ गते प्रदर्शन गर्ने 

२०८२ बैशाख ४ बिहीबार
रति ८:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०ले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भएको छ।

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

‘वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘९ गते ७७ जिल्लामा विरोधसभा, धर्ना, प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय आजको बैठकले गरेको छ।

सरकारले यहाँ प्रदर्शन गर्नू, यहाँ नगर्नू भनेर निषेधित क्षेत्र तोक्दै मौलिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ। त्यसविरुद्ध निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने निर्णय गरेका हौँ।’

चैत १५ गते तीनकुने घटनामा पक्राउ परेका पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणासहितलाई रिहाइ गर्न माग गर्ने निर्णय पनि बैठकले गरेको छ।

तीनकुने घटनामा प्रदर्शनकारीलाई उचालेर हिंस्रक बनाएको आरोप उनीहरूमाथि छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०८२ बैशाख ४ बिहीबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus