
न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकनन्दिनी गाउँपालिकाको गाउँपालिका अध्यक्षमा अशोक कुमार मण्डल चयन भएका छन् ।
शनिबार जनकनन्दिनी गाउँपालिकाको पार्टी अधिवेशनबाट उनलाई सर्व सहमतिले पार्टीको गाउँपालिका अध्यक्षमा चयन गरिएको छ । शनिबारबाट सुरु भएको अधिवेशन तथा आईबार सम्पन्न बन्द सत्रबाट उनलाई जसपा नेपालको अध्यक्षमा चयन गरिएको हो ।
यस्तै, पार्टीको गाउँपालिका उपाध्यक्षमा मो. जाहिर शेख र बीरेन्द्र मण्डललाई चयन गरिएको छ भने सचिवमा गणेश कुमार गोईतलाई चयन गरिएको छ । उपसचिवमा पिँकी देवीलाई चयन गरिएको छ ।
गाउँपालिका कार्य समितिको कोषाध्यक्षमा सोनी यादवसहित १७ सदस्यीय गाउँपालिका समिति चयन गरिएको हो ।
अधिवेशनको क्रममा जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले जनकनन्दिनीमा जसपा नेपालको पक्कड र पार्टी विस्तारको भूमिका बारे प्रष्टयाएका थिए । उनले देशमा संघीयता ल्याउने एक मात्र पार्टी जसपा नेपालप्रतिको जनताको विश्वास अझै प्रगाढ बनाउन नेता कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिए ।
प्रमुख अतिथिको रुपमा सहभागी भएका जसपा नेपालका जिल्ला अध्यक्ष पशुपति यादवले जसपा नेपालप्रतिको जनताको विश्वास कायम रहेको बताए । उनले विभिन्न बाधा अवरोध र आन्तरिक द्धन्द्धलाई हटाएर पार्टी विस्तारमा लाग्न आग्रह गरेका थिए ।
जनकपुरमा बन्द गरिएको अस्पताल चोरीलुकी सँचालन गरेपछि पुगे मुख्यमन्त्री, सँचालक पक्राउ
- २०८१ चैत ३० आइतबार
न्यूज ब्यूरो, १८ चैत्त । जनकपुरमा केही दिन अघिमात्र मापदण्ड विपरीत रहेका अस्पतालहरुको अनुगमण गर्ने क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सिंहले बन्द गराएका एक अस्पतालमाथि पुनः कारवाही गरिएको छ । सँचालकले लुकी
पूरा पढ्नुहोस्