जसपा नेपालको जनकनन्दिनी अध्यक्षमा मण्डल सर्वसम्मत
प्रमुख अतिथिको रुपमा सहभागी भएका जसपा नेपालका जिल्ला अध्यक्ष पशुपति यादवले जसपा नेपालप्रतिको जनताको विश्वास कायम रहेको बताए । उनले विभिन्न बाधा अवरोध र आन्तरिक द्धन्द्धलाई हटाएर पार्टी विस्तारमा लाग्न आग्रह गरेका थिए ।

२०८१ चैत ३१ आइतबार, बेलुकी ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकनन्दिनी गाउँपालिकाको गाउँपालिका अध्यक्षमा अशोक कुमार मण्डल चयन भएका छन् ।
शनिबार जनकनन्दिनी गाउँपालिकाको पार्टी अधिवेशनबाट उनलाई सर्व सहमतिले पार्टीको गाउँपालिका अध्यक्षमा चयन गरिएको छ । शनिबारबाट सुरु भएको अधिवेशन तथा आईबार सम्पन्न बन्द सत्रबाट उनलाई जसपा नेपालको अध्यक्षमा चयन गरिएको हो ।
यस्तै, पार्टीको गाउँपालिका उपाध्यक्षमा मो. जाहिर शेख र बीरेन्द्र मण्डललाई चयन गरिएको छ भने सचिवमा गणेश कुमार गोईतलाई चयन गरिएको छ । उपसचिवमा पिँकी देवीलाई चयन गरिएको छ ।
गाउँपालिका कार्य समितिको कोषाध्यक्षमा सोनी यादवसहित १७ सदस्यीय गाउँपालिका समिति चयन गरिएको हो ।
अधिवेशनको क्रममा जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले जनकनन्दिनीमा जसपा नेपालको पक्कड र पार्टी विस्तारको भूमिका बारे प्रष्टयाएका थिए । उनले देशमा संघीयता ल्याउने एक मात्र पार्टी जसपा नेपालप्रतिको जनताको विश्वास अझै प्रगाढ बनाउन नेता कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिए ।
प्रमुख अतिथिको रुपमा सहभागी भएका जसपा नेपालका जिल्ला अध्यक्ष पशुपति यादवले जसपा नेपालप्रतिको जनताको विश्वास कायम रहेको बताए । उनले विभिन्न बाधा अवरोध र आन्तरिक द्धन्द्धलाई हटाएर पार्टी विस्तारमा लाग्न आग्रह गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…