
न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक आन्दोलनका योद्धा गाँधीवादी नेता रामनारायण मिश्रको निधन भएको ५७ वर्षपछि मात्र स्मृति भवन निर्माण हुन लागेको छ ।
२०१५ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइराला सरकारमा उद्योग मन्त्री रहेका नेता मिश्रले जनकपुरधाममा रोजगारीको अवसर सृजना गर्न जनकपुर चुरोट कारखानाको स्थापना गराएका थिए ।
अहिंसाका पुजारी नेता मिश्र समाजको उत्थान र विकासमा निरन्तर लागेका थिए । देहावसान भएको लामो अन्तरालपछि नेपाली कांग्रेसको सक्रियतामा मधेश प्रदेश सरकारको बजेटबाट गंगासागरको पूर्वी डिलमा उनको स्मृति भवन निर्माण हुन लागेको छ ।
स्व. मिश्रको अन्त्येष्टि गरिएको स्थलमा निर्माण हुन लागेको सो स्मृति भवन अत्याधुनिक र आकर्षक रहेको छ । ५ करोडभन्दा बढी बजेटको लागतमा आगामी वर्षसम्म तयार हुने सो स्मृति भवन १५ फिट अग्लो पिलरमा निर्माण गर्न लागिएको हो ।
गँगासागरमा सो स्मृति भवन निर्माण भएपछि गँगासागरको मुहार फेरिने छ । स्मृति भवन भएपनि त्यसमा आधुनिक सुविधाहरु राखिनेछ ।
स्मृति भवन नीजि जग्गामा भएपनि गँगासागरको बाटो भने अवरुद्ध हुने छैन । स्मृति भवनको मुनिबाट डब्बल लेनको कालोपत्रे (पीच) सडक बनाइनेछ । स्मृति भवनभित्रै वाचनालय (पुस्तकालय) निर्माण गरिने छ । भवनभित्रै ऐतिहासिक सँग्रहालय र सभा कक्ष समेत बन्नेछ ।
स्मृति भवन भएपनि यसले गँगासागरको पूर्वी डील पूर्णतः सौन्दर्यीकरण हुने काँग्रेसका नेताहरु बताउँछन् । गँगासागरको पूर्वी डील स्वः मिश्रकै नीजि पैतृक सम्पति भएकोले उनको परिवारले प्रतिष्ठानको नाममा हस्तान्तरण गर्न सजिलो हुने जनाइएको छ ।
स्वः मिश्रको समाधी स्थल समेत रहेको पूर्वी डील सौन्दर्यीकरण भएपछि डील पूर्ण रुपमा व्यवस्थित हुने जनाइएको छ ।
समाजिक सँजालमा स्वः रामनारायण मिश्रको शालिकको लागि मात्र ५ करोड बढी सरकारी रकम विनियोजन भएको भन्दै विरोध जनाइएको छ । ५ करोड बढी रुपैयाँ शालिकको लागि नभई सुविधा सम्पन्न स्मृति भवनको लागि विनियोजन भएको जनाइएको छ । भवन निर्मााण भएपछि यसले सर्वसाधारणलाई प्रत्यक्ष फाईदा पुग्ने छ ।
भवन निर्माणको क्रममा त्यहाँ रहेको वर, पिपलको वृक्षहरु नकाटन सर्वसाधारणहरुले सुझाव दिएका छन् ।
बच्चा खेलाउँदै बाँदर
- २०८१ चैत २९ शनिबार
सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति ।
पूरा पढ्नुहोस्