जसपा (नेपाल) को शहिदनगर अध्यक्षमा पुनः मेयर यादव 

२०८१ चैत २९ शनिबार
बिहान ०९:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको शहिदनगर नगरपालिकाको नगर अध्यक्षमा पुनः दिनेश प्रसाद यादव दोहरिएका छन् । 

पार्टीको नगर अधिवेशनबाट शहिदनगर नगरपालिकाको नगर प्रमुख समेत रहेका दिनेश प्रसाद यादव जसपा नेपालको नगर अध्यक्षमा चयन भएका छन् । २३ सदस्यीय नयाँ कार्य समितिमा यादवले पुनः नेतृत्व सम्हालेका छन् । 

जसपा नेपालका पूर्व प्रदेश साँसद शैलेन्द्र यादव र प्रत्यासी प्रदेश साँसद जीतेन्द्र यादवको विशेष उपस्थितिमा यादवले अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । 

नयाँ कार्यसमितिको उपाध्यक्षमा सीता देवी यादव र भरत मुखिया, सचिवमा शुभेश्वर यादव, उपसचिवमा सरोज कुमार दास र इन्दल साह र कोषाध्यक्षमा शिवरञ्जन यादव चयन भएका छन । त्यसैगरि नयाँ कार्यसमितिमा १६ सदस्य अहिले चयन भएको र बाँकी पछि थपिने अध्यक्ष यादवले बताए । 

अधिवेशनमा मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, जसपा नेपाल हंसपुर नगर अध्यक्ष रामनारायण कापरी, वडा अध्यक्ष मनोज कुमार दास लगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जितेन्द्र कुमार यादवले जसपा नेपाल मधेस र मधेसी जनताको हक–हितका लागि निरन्तर लागिरहेको बताउँदै अध्यक्ष दिनेश प्रसाद यादवको नेतृत्वमा पार्टी अझ सशक्त बन्दै गएको धारणा व्यक्त गरे ।

आज जसपा नेपालको अधिवेशन अन्तर्गत धनुषाको जनकनन्दिनी गाउँपालिकामा अधिवेशन हुने भएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैंकको बदमासी , बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित

  • २०८१ चैत २९ शनिबार

सबिन यादव, सिरहा । गोलबजार उद्योग व्यापार संघले एनआइसी एसिया बैंकमा ज्ञापन पत्र बुझाउँदै बदनियतपूर्वक बिक्री गरिएको ऋणीको जग्गा तत्कालै फिर्ता गर्न माग गरेको छ ।  एनआइसी एसिया बैंक गोलबजार शाखाले

पूरा पढ्नुहोस्

Bureau Menus