न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को आगामी जिल्ला अधिवेशनलाई लक्षित गर्दै गाउँपालिका अध्यक्ष दिपिन देव यादवले जिल्ला अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
गाउँपालिका स्तरमा लोकप्रिय नेतृत्व र विकासोन्मुख योजनाका कारण पहिचान बनाएका यादवले अब पार्टीको संगठन सुदृढ बनाउन जिल्ला स्तरको नेतृत्वमा योगदान पुर्याउने उद्देश्यसहित उम्मेदवारी दिने जनाएका छन् ।
न्यूज ब्यूरोसँगको कुराकानीमा अध्यक्ष यादवले भने - “म पार्टीको सिद्धान्त, संगठन र जनताको अपेक्षालाई आत्मसात गर्दै अगाडि बढ्नेछु। जिल्ला अध्यक्षको भूमिकामा रहेर सबै तहका कार्यकर्तासँग समन्वय गर्दै पार्टीलाई थप मजबुत बनाउने मेरो प्राथमिकता हुनेछ।”
जसपाका स्थानीय तथा क्षेत्रीय नेताहरूले यादवको उम्मेदवारीलाई स्वागत गरेका छन्। पार्टीभित्र उनको संगठनात्मक क्षमता, दीर्घ अनुभव र समाजप्रतिको प्रतिवद्धता उच्च मुल्याङ्कन गरिएको भन्दै उनले जिल्ला अध्यक्षको लागि आफ्नो उम्मेदवारी हुने जनाए ।
यादवको उम्मेदवारीसँगै जिल्ला अध्यक्षको निर्वाचन थप चासोको विषय बनेको छ।
गाउँपालिकाको अध्यक्षका रूपमा, यादवले स्थानीय विकासका विभिन्न योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्दै आएका छन्। उनको नेतृत्वमा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, र पूर्वाधार विकासमा महत्वपूर्ण प्रगति हासिल गरेको छ।
जिल्ला अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै यादवले भने, ूपार्टीको संगठनलाई सुदृढ गर्दै जनताको सेवा गर्न म प्रतिबद्ध छु। जिल्ला अध्यक्षको रूपमा, पार्टीका सबै तहका कार्यकर्तासँग मिलेर संगठनलाई मजबुत बनाउने मेरो लक्ष्य हो।ू
जसपाका स्थानीय तथा क्षेत्रीय नेताहरूले यादवको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन्। पार्टीभित्र उनको संगठनात्मक क्षमता र समाजप्रतिको प्रतिबद्धता उच्च मूल्यांकन गरिएको छ।
यादवको उम्मेदवारीसँगै जसपाको जिल्ला अध्यक्ष पदको निर्वाचनमा नयाँ उत्साह थपिएको छ।
गोलबजार मेयर गोल्डकपः सलहेश युवा क्लब र ब्रदर्श हुड उदयपुर फाइनलमा भिड्ने
- २०८१ चैत २६ बुधबार
न्यूज ब्यूरो, सिरहा । गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सलहेश युवा क्लब, सिरहा र ब्रदर्श हुड फुटबल क्लब, उदयपुरबीच प्रतिस्पर्धा हुने भएको छ। सेमिफाइनल अन्तर्गत ब्रदर्श
पूरा पढ्नुहोस्


