धनुषाधाममा पार्टीको राजनीति चल्दैन, बलजोरी गरिए जनताले स्वयँम जवाफ दिन्छः मेयर मण्डल
मेयर मण्डलले धनुषाधाममा राजनीतिक पार्टीभन्दा जनप्रतिनीधिको हैसियतले सबै मिलेर काम गर्दै आएको छ । यहाँ पार्टीको राजनीति नचल्ने बताए । निर्वाचित भएपछि पार्टीलाई छेउमा राखेर जनहितमा काम गर्न आग्रह गरे ।

२०८१ चैत २६ मंगलबार, बिहान १०:०७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले आम जनताको सेवा प्रवाहलाई बाधा अवरोध गरिए जनताले स्वयँ जवाफ दिन तयार रहेको बताएका छन् ।
सोमबार नेकपा माओवादीबाट निर्वाचित वडा नम्बर १ का वडाध्यक्ष सुनिल कापरीले नगरपालिकामा बलजोरी गरेको आरोप लगाउँदै त्यसलाई जनताले स्वयँम जवाफ दिएको बताएका छन् ।
कार्यपालिका बैठकमा पटक पटक आउन आग्रह गरिएपनि अटेरी गरेर मास लिएर कार्यालयमा तालाबन्दी गरेपछि सेवाग्राहीहरुले स्वयँ ताला फोडेर लखेटेको बताएका छन् । मेयर मण्डलले विगत ७ बर्ष बढीदेखि आम नागरिकलाई निर्वाध सेवा प्रवाह हुँदै आएकोमा अहिले आएर बलजोरी गरेपछि जनताले जवाफ दिएको सुनाए ।
मेयर मण्डलले धनुषाधाममा राजनीतिक पार्टीभन्दा जनप्रतिनीधिको हैसियतले सबै मिलेर काम गर्दै आएको छ । यहाँ पार्टीको राजनीति नचल्ने बताए । निर्वाचित भएपछि पार्टीलाई छेउमा राखेर जनहितमा काम गर्न आग्रह गरे ।
उनले भने,–“हामी कुन पार्टीबाट निर्वाचित भएका हौँ त्यो खासै मतलब राख्दैन, यहाँका आम जनताले सेवा पाईरहेको छ वा छैन त्यो बुझनुपर्छ । विकास निर्माणका कामहरु हुन्छ वा हुँदैन त्यो बुझनु जरुरी छ । कि मात्र विरोध गर्नको लागि विरोध गर्ने? ठिकै छ विरोध हुनुपर्छ, एउटा तौर तरिका हुनुपर्छ, न की आम नागरिकको सेवालाई बाधा हुने गरी शाखाहरुमा तालाबन्दी गर्नुपर्छ । उनीहरुले बल प्रयोग गरी ताला हाने, जनताले ताला फुटाएर लखेटे, यसबाट उनीहरुले अझै पाठ सिक्नुपर्छ, जनता अब जागरुक भईकसकेको छ । उनीहरुको काममा बाधा अवरोध आए उनीहरु आफैँ निर्णय लिन सक्षम छन् ।”
यता, माओवादीका नेता दिपक यादवले भने ताला सेवाग्राही नफुटाएर काँग्रेस, एमाले, जसपाका कार्यकर्ताहरु फुटाएको आरोप लगाएका छन् । धनुषाधाम नगरपालिकामा सबै पार्टी सम्मलित सँयुक्त स्थानीय सरकार रहेको छ ।
जानकारी अनुसार, दुई पटक मेयरमा जितेका बालेश्वर मण्डल र माओवादीका दिपक यादवबीच टशनको कारण वडाध्यक्षलाई प्रयोग गरिएको बताईएको छ । आगामी चुनावमा मेयर मण्डल प्रदेश साँसदमा लडने भएपछि दिपक यादवले राजनीति सुरु गरेको स्थानीयहरु बताउँछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…