धनुषामा एक युवकको घाँटीमा खुकुरी प्रहार, अवस्था गम्भिर
सोही ठाउँ मदिरा पसल संचालन गरि रहेको ठेगाना थाहा नभएका अन्दाजी वर्ष ५० का बिजय भन्नेले खुकुरी प्रहार गरेको छ। प्रहरीका अनुसार मण्डलको घाँटीमा खुकुरी प्रहार गरिएकोले गहिरो घाउ लागेको हो ।

२०८१ चैत २६ मंगलबार, बिहान ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवकमाथि खुकुरी प्रहार भएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ५ ललियास्थित एक युवकमाथि खुकुरी प्रहार भएको हो ।
गएराती करिब ९ः३० बजेको समयमा ललियास्थित लाग्ने बजारमा खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट स्ूथानीय २५ बर्षिय श्याम सुन्दर मण्डल (भुल्ला) गम्भिर घाईते भएका छन् ।
मण्डलमाथि मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया स्थित दुर्गा मन्दिरको छेउमा रहेको साप्ताहिक बजार लाग्ने ठाउँमा राती करिब ९ः३० बजे तिर खुकुरी प्रहार भएको सहायक प्रहरी निरिक्षक रामजीवन चौधरीले जानकारी दिए।
सोही ठाउँ मदिरा पसल संचालन गरि रहेको ठेगाना थाहा नभएका अन्दाजी वर्ष ५० का बिजय भन्नेले खुकुरी प्रहार गरेको छ। प्रहरीका अनुसार मण्डलको घाँटीमा खुकुरी प्रहार गरिएकोले गहिरो घाउ लागेको हो ।
उनीहरुबीच कुनै व्यक्ति सन्दर्भमा विवाद भएपछि एकाएक खुकुरी प्रहार भएको जनाईएको छ । यद्यपी, के विषयमा विवाद भएको बारे प्रहरी जानकारी संकलन गर्दैछ ।
घाइते मण्डललाई जनकपुरधाम प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।
बिजय अहिले फरार रहेको छ भने प्रहरीले उनको खोजतलास जारी राखेको जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…