राष्ट्रिय मिडियामा काम गर्न पाउँदा यहाँको मुद्दा उठान गर्न सजिलो भएको छः सँचारकर्मी राय
उनी भन्छन्, “आज राहुल राय एउटा राष्ट्रिय स्तरको मिडियामा रिपोर्टिङ्ग गर्दैछन् । लेख्न उतिसारो शिल्पी छैन । तर सिरहाका १२५ जना पत्रकारलाई एक ठाउँमा राखेर परीक्षा लियौं त कति जनाले लेख्न जान्दछन् छर्लङ्ग हुन्छ । दुई हरफ लेख्न नजान्नेहरु बग्रेल्ती छन् । मदिरा सेवन नगर्ने पत्रकार त औंलामा गन्न सकिन्छ । असुलीको कुरा गर्ने हो भने शिरदेखि पुछारसम्म सबैले आफुलाई सम्झिदा हुन्छ । धेरै पोल नखोलौं । राहुल राय एक दिन उदाउने छन् ।

२०८१ चैत २५ सोमबार, राति १०:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । “एउटा सानो बिज भित्र विशाल रुखको अस्तित्व लुकेको हुन्छ । बिजले माटो, हावा, पानी र घाम भेट्नु पर्छ । जसरी प्रकृतिले हरेक बिज भित्र समान संभावना प्रदान गरेको हुन्छ । त्यसरी नै मानव भित्र प्रज्ञा र प्रतिभा उदयको समान सम्भावना भरेको हुन्छ ।” – सँचारकर्मी राहुल राय भन्छन् ।
सिरहाबाट पत्रकारिता सुरु गरेका राहुल अहिले राष्ट्रिय मिडियामा काम गर्न पाउँदा उनले यहाँका मुद्दा उठान गर्न सजिलो भएको बताउँछन् ।
न्यूज ब्यूरोसँग आफ्नो सानो अनुभव साँझाको क्रममा पत्रकार रायले “यथोचित शिक्षण , तालिम र उत्प्रेरण प्राप्त गर्नुपर्छ । यसले एउटा नयाँ बाटो देखाउँछ” राहुल रायलाई कहिलेको पत्रकार भन्नेहरुले अहिले सम्मान दिन थालेको छ ।
“उ एउटा बिज हो र उ भित्र पनि विशाल आकारमा फैलिने बटवृक्ष बन्ने सम्भावना जीवित छ । राहुललाई पत्रकार नमान्नेहरु आफ्ना पुराना दिनलाई सम्झनुपर्छ।”– सँचारकर्मी सबिन यादव लेख्छन् । सुरुमा सबै राहुल जस्तै थियो होला, तिमीहरुलाई पनि कसैले सहयोग ग¥यो होला । प्रेरणा दियो होला । सिकायो होला । आजको ठाउँमा आइपुग्न धेरै गल्ती कमजोरी पनि ग¥यौं होला । उनले लेखेका छन् ।
उनी भन्छन्, “आज राहुल राय एउटा राष्ट्रिय स्तरको मिडियामा रिपोर्टिङ्ग गर्दैछन् । लेख्न उतिसारो शिल्पी छैन । तर सिरहाका १२५ जना पत्रकारलाई एक ठाउँमा राखेर परीक्षा लियौं त कति जनाले लेख्न जान्दछन् छर्लङ्ग हुन्छ । दुई हरफ लेख्न नजान्नेहरु बग्रेल्ती छन् । मदिरा सेवन नगर्ने पत्रकार त औंलामा गन्न सकिन्छ । असुलीको कुरा गर्ने हो भने शिरदेखि पुछारसम्म सबैले आफुलाई सम्झिदा हुन्छ । धेरै पोल नखोलौं । राहुल राय एक दिन उदाउने छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…