मिर्चैयामा करेन्ट लागेर एकको मृत्यू, एक घाइते, प्राधिकरणको लापरबाहीले दुर्घटनाको जोखिम
न्यूज ब्यूरो | सिरहा, २२ असार । सिरहामा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । सिरहाको मिर्चैया नगरपालिका–२ मल्हनियाका २६ वर्षीय शम्भु मण्डलको करेन्ट लागेर मृत्यु भएको हो भने ३५ वर्षीय श्याम कापर घाइते भएका हुन् । घर बनाउने क्रममा शुक्रवार बिहान ९ बिजुलीको करेन्ट लागेर मण्डलको मृ

२०७५ असार २२ शुक्रबार, दिउँसो २:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, २२ असार । सिरहामा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । सिरहाको मिर्चैया नगरपालिका–२ मल्हनियाका २६ वर्षीय शम्भु मण्डलको करेन्ट लागेर मृत्यु भएको हो भने ३५ वर्षीय श्याम कापर घाइते भएका हुन् ।
घर बनाउने क्रममा शुक्रवार बिहान ९ बिजुलीको करेन्ट लागेर मण्डलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपक खड्काले बताए ।
करेन्ट लागेर घाइते भएका कापरको उपचार रेखा नर्सिङ होम मिर्चैयामा भइरहेको र उनको अवस्था खतरामुक्त रहेकोे डिएसपी खड्काले जानकारी दिए ।
यता, मिर्चैया नपा वडा २ का वडाध्यक्ष लक्षमेश्वर कापरले वडा २ आसपासका क्षेत्रमा विद्युत प्राधिकरणको लापरवाहीका कारण दुर्घटनाको जोखिम बढेको समेत बताए । व्यवस्थित ढंगले पोल नगाडिएको र विद्युत प्रवाह भइरहेको नांगो तार भुँईमा लत्रिँदा जोखिम बढेको उनले जनाए ।
प्राधिकरणलाई जानकारी गराएपनि कुनै चासो नलिएको उनले आरोप समेत लगाए । बस्तीमा नांगो तार भुँइमा लत्रिँदा स्थानीय बासिन्दाले जोखिममै बस्न बाध्य भएको अध्यक्ष कापरले गुनासो पोखे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…