धनुषाको धनौजीमा पुनः स्थापना भयो प्रहरी चौकी
शान्ति सुरक्षाको प्रत्याभूतिका लागि प्रहरी र मानिसको सम्वन्ध सकारात्मक हुने भन्दै प्रहरी चौकीको पुनः स्थापनामा स्थानीयहरु खुसी भएका छन्। ‘हरेक मान्छेलाई विपत्ति आईलाग्यो भने उसको मुखबाट निस्कने पहिलो शब्द भनेको भगवान हो र त्यसपछि उसले खोज्ने साहारा भनेको प्रहरी संग हो’ धनौजी गाउँबासीले भने, ‘तसर्थ समाजमा हुने अपराधिक घट्ना रोक्न, स्थानियहरुलाई सुरक्षाको अनुभूति दिलाउन प्रहरी महत्वपूर्ण माध्यम हुन्छ र हामीलाई पनि आवश्यक छ त्यो अहिले पूरा भयो।’

२०८१ चैत २५ सोमबार, बिहान ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ धनौजी टोलस्थित प्रहरी चौकीको पुनःः स्थापना गरिएको छ ।
स्थानीयहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर धनौजीमा प्रहरी चौकी स्थापना गरेको गाउँपालिका अध्यक्ष राजकुमार साहले जनाए । अध्यक्ष साहका अनुसार यसबाट सूचनाको पहुच र प्रहरीको उपस्थिति बलियो हुने विश्वास जनाए। उनले प्रहरी चौकीको स्थापनाले गाउँघर र बोर्डर क्षेत्रमा भएका गतिविधि तथा घटना छिटो र सजिलो जानकारी हुने अपेक्षा राखे ।
जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै चौकी स्थापना गरिएको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए। गाउँघरमा केही घटना भयो भनेपनि प्रहरी पुग्न समय सम्म लाग्छ। तर, अब लाग्ने स्थित समाप्त भयो ।”– उनले भने ।
शान्ति सुरक्षाको प्रत्याभूतिका लागि प्रहरी र मानिसको सम्वन्ध सकारात्मक हुने भन्दै प्रहरी चौकीको पुनः स्थापनामा स्थानीयहरु खुसी भएका छन्। ‘हरेक मान्छेलाई विपत्ति आईलाग्यो भने उसको मुखबाट निस्कने पहिलो शब्द भनेको भगवान हो र त्यसपछि उसले खोज्ने साहारा भनेको प्रहरी संग हो’ धनौजी गाउँबासीले भने, ‘तसर्थ समाजमा हुने अपराधिक घट्ना रोक्न, स्थानियहरुलाई सुरक्षाको अनुभूति दिलाउन प्रहरी महत्वपूर्ण माध्यम हुन्छ र हामीलाई पनि आवश्यक छ त्यो अहिले पूरा भयो।’
गाउँमा प्रहरी नभएका हुनाले स्थानीय बासीहरुमा चोरी ,लागुऔषध ,विकृति विसङगति , लैङिगक हिंसा जस्ता घटनाहरु बढ्न थलेपछि स्थानीयहरु मिलेर स्थानीय सरकारलाई गुहार गरेपछि प्रहरी चौकी ल्याउन स्थानीय सरकार गाउँपालिकाअध्यक्ष राज कुमार साह सफल भएका छन् ।
आइतबार श्रीराम नवमी अवसरमा साँझ एक कार्यक्रम राखी धनुषा जिल्लाको प्रहरी उपरीक्षक तिवारी र गाउँपालिका अध्यक्ष साहसहित त्यहाँ उपस्थिति भएका वडा अध्यक्ष लगायत सम्पूर्ण गाउँबासी उपस्तिथिमा प्रहरी चौकी उदघाटन गरेका छ्न् । स्थापना गरिएको प्रहरी चौकीमा ६ जना प्रहरी परिचालन गरिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…