सुडी समाज महासंघ नेपालको दोस्रो साधारणसभा जनकपुरमा
साधारणसभा बोल्दै महासेठले समाजलाई आजको अवस्थासम्म ल्याइ योगदान पुर्याउन भूमिका खेल्ने सबै पदाधिकारी, सदस्य एवम् शुभचिन्तकहरुमा कृतज्ञा प्रकट गरे । उनले आगामी दिनमा अझ सशक्त बनाउन मिलेर काम गर्नु पर्नेमा जोड दिए।

२०८१ चैत २३ शनिबार, राति ८:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सुडी समुदायको हकहितको संरक्षण र विकासका लागि सकृय सुडी समाज महासंघ नेपालको दोस्रो वार्षिक साधारणसभा जनकपुरमा सुरु भएको छ ।
वर्तमान समितिको नेतृत्वमा भएको कार्य प्रगति, कार्य प्रतिवेदन, आर्थिक प्रतिवेदन उपर गहन छलफल हुने जनाइएको छ । छलफलपछि प्रतिवेदन पारित गरिने जनाइएको छ ।
सुडि समाजमा आबद्ध ७ वटै प्रदेशका करिब चार सय प्रतिनिधिहरु सहभागी साधारणसभामा वर्तमान अध्यक्ष प्रमेश्वर महासेठले शबिार सम्बोधन गरेका छन् ।
साधारणसभा बोल्दै महासेठले समाजलाई आजको अवस्थासम्म ल्याइ योगदान पुर्याउन भूमिका खेल्ने सबै पदाधिकारी, सदस्य एवम् शुभचिन्तकहरुमा कृतज्ञा प्रकट गरे । उनले आगामी दिनमा अझ सशक्त बनाउन मिलेर काम गर्नु पर्नेमा जोड दिए।
साधारणसभामा पूर्व मन्त्री एवम् साँसद सुरिता साह, सभासद् उपेन्द्र महतो, रमिता प्रधान, कञ्चन विच्छा, अनिता साह, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह लगायतका व्यक्तिहरु विशिष्ट अतिथिको रुपमा सहभागिता जनाएका थिए ।
सोही क्रममा पूर्व साँसद शैल महतो, पूर्व विद्यायक परमेश्वर साह, धनौजी गाँपा अध्यक्ष राजकुमार साह, औरही गाँपा अध्यक्ष उमा शंकर साह, विद्यान मस्यौदा समितिका रामशंकर महासेठ, पदाधिकारी उपाध्यक्ष विद्याकर प्रसाद साह लगायतका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…