क्याम्पस प्रमुखमाथि रँग छ्याप्ने प्रयास स्वीकार्य हुँदैनः स्ववियू सभापति यादव
उनले भनेका छन्–“स्पष्ट पार्न चाहन्छु कि क्याम्पस प्रमुखले कुनै पनि गलत काम गरेका छैनन्। उहाँले त शिक्षाको गुणस्तर र क्याम्पसको सुधार का लागि गरेका कदमहरूलाई समर्थन गर्नुको सट्टा, उल्टै उहाँलाई बदनाम गर्नु अत्यन्त दुखद हो।”

२०८१ चैत २१ बिहीबार, राति १०:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राराब कलेजका पूर्व स्वीयू सभापति मनिष कुमार यादवले क्याम्पस प्रमुखमाथि रँग छ्यापेको घटनाप्रति खेद प्रकट गरेका छन् ।
उनले क्याम्पस प्रमुख जस्ता सम्मानीय पदमा आसिन व्यक्तिमाथि चरित्र हत्या हुने गरी रँग छ्याप्ने प्रयास स्वीकार्य नहुने बताएका छन् । उनले आफ्नो फेसबुका एक स्टेटस लेख्दै रँग छ्याप्ने प्रयासले क्याम्पसको शान्ति र समाजसेवी वातावरण लाई असर पुर्याएको उल्लेख गरेका छन् ।
“हाम्रो क्याम्पस प्रमुखले कलेजको सुधार र शिक्षाको गुणस्तर लाई माथि उठाउन धेरै सकारात्मक र परिवर्तनकारी कदमहरू उठाएका छन्। नियमित पठनपाठन र परीक्षाको मर्यादा सुनिश्चित गर्नका लागि क्याम्पस भित्रका हरेक कक्षा कोठा र प्रशासन शाखामा सिसिटिभी जडान गर्ने कार्य गरे ।जसको लक्ष्य अनुशासनको स्थापना र परीक्षामा नकल रोक्न मद्दत पुर्याउने थियो। यद्यपि, यस्तो सुधारात्मक कदमलाई केहि अनुशासनहीन विद्यार्थीहरू ले क्याम्पस चिफ लाई रंग छयापने र भय देखाउने प्रयासहरू गरेका छन्, जुन कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।”– उनले लेखेका छन् ।
यादवले केही मिडिया च्यानलहरूले क्याम्पस प्रमुखमाथि कालोमोसो दलेको समाचार प्रकाशित गरेकोप्रति ध्यानाकर्षण गर्दै कालोमोसो नदलेको दाबी गरेका छन् । उनले मोटरसाईकलमा गईरहेको बेला केही उपद्रव विद्यार्थीहरुले प्रतिशोध साध्न र कसैको उक्साहटमा परँग छ्याप्ने प्रयास गरेको बताएका छन् ।
उनले भनेका छन्–“स्पष्ट पार्न चाहन्छु कि क्याम्पस प्रमुखले कुनै पनि गलत काम गरेका छैनन्। उहाँले त शिक्षाको गुणस्तर र क्याम्पसको सुधार का लागि गरेका कदमहरूलाई समर्थन गर्नुको सट्टा, उल्टै उहाँलाई बदनाम गर्नु अत्यन्त दुखद हो।”
सबैको साझा क्याम्पस लाई राम्रो बनाउने प्रयास गर्नुको सट्टा, यस्तो अस्थिरता र दुश्मनीपूर्ण क्रियाकलापको सामना गर्नु अत्यन्त निन्दनीय रहेको प्रतिक्रिया दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…