धनुषाको क्षीरेश्वरनाथ ९ को दलित वस्तीमा पिसिसि ढलान हुँदै, पक्की बाटो बन्ने भएपछि स्थानीय हर्षित
पूर्वाधार विकास कार्यालयको सहयोग एवम् वडा नम्बर ९ को समन्वयमा सो पिसिसी सडक निर्माण हुन लागेको वडाध्यक्ष अवधकिशोर यादवले बताए । यादवका अनुसार, दलित वस्तीमा बर्षौदेखि पक्की सडक नहुँदा समस्या हुँदै आएकोमा पूर्वाधार विकास कार्यालयबाट समन्वय गरी बजेट ल्याएको बताए ।

२०८१ चैत २० बुधबार, दिउँसो ३:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ९ ईच्छापुरमा लामो पक्की सडक निर्माण हुने भएको छ ।
पूर्वाधार कार्यालय जनकपुरको २५ लाख रुपैयाँ बजेटबाट ईच्छापुरको चमरटोलीदेखि वडा नम्बर ८ सम्म पक्की सडक निर्माण हुने भएको छ ।
बुधबार एक कार्यक्रमबीच वडा नम्बर ९ का वडाध्यक्ष अवधकिशोर यादवको अध्यक्षता एवम् मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा सडकको शिलान्यास गरिएको हो ।
क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको आतिथ्यमा पिसिसि ढलानको शिलान्यास गरिएको हो । सो सडक केही दिनमै निर्माण भई स्थानीयलाई सहज हुने बताइएको छ ।
गाउँमा पहिलो पटक दलित वस्ती भएर जाने सडक पिसिसि ढलान हुने भएपछि उनीहरु खुसी व्यक्त गरे । यतिदिनदेखि हिलाम्य सडकमा हिडनुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयहरुको प्रतिक्रिया थियो ।
पूर्वाधार विकास कार्यालयको सहयोग एवम् वडा नम्बर ९ को समन्वयमा सो पिसिसी सडक निर्माण हुन लागेको वडाध्यक्ष अवधकिशोर यादवले बताए । यादवका अनुसार, दलित वस्तीमा बर्षौदेखि पक्की सडक नहुँदा समस्या हुँदै आएकोमा पूर्वाधार विकास कार्यालयबाट समन्वय गरी बजेट ल्याएको बताए ।
वडाध्यक्ष यादवले नगरपालिकाको बजेट समेत सँचालन हुने तरखरमा रहेको बताउँदै यसपालीको बजेट समयमै खर्च गरी वडावासीलाई विकासको अनुभूति दिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…