विवाहको उपलक्ष्यमा जनकपुरको बाल आश्रममा डा. ओमबाबुले बाँडे खाद्यान्न
गत महिना विवाह बन्धनमा बाँधिनुभएका डा. साहले ३० केजी चामल, ५ केजी दाल, १५ केजी आलु, १० केजी प्याज, ५ लिटर तेल, ५ केजी मुरही, ५ केजी चिउरा, र ५ केजी सोयाबिन हस्तान्तरण गर्नुभएको छ। साथै, प्रत्येक महिनामा यी सम्पूर्ण खाद्य सामग्री, प्रत्येक १५ दिनमा ५ केजी फलफूल, र प्रत्येक हप्तामा हरियो तरकारी आश्रमलाई दान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२०८१ चैत १९ मंगलबार, बेलुकी ७:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम। नरहा युवा कमिटीका शुभचिन्तक तथा सल्लाहकार डा. ओम बाबु साहले वैवाहिक जीवनमा प्रवेश गरेपछि समाजसेवाको एक महत्वपूर्ण निर्णय लिँदै जनकपुरधामस्थित सदगुरु कबीर बाल आश्रमलाई खाद्यान्न सहयोग गरेका छन्।
समाज सेवाप्रति समर्पित उनले नवविवाहित जीवनको सुरुवात नै परोपकारी कार्यबाट गरेका छन् ।
गत महिना विवाह बन्धनमा बाँधिनुभएका डा. साहले ३० केजी चामल, ५ केजी दाल, १५ केजी आलु, १० केजी प्याज, ५ लिटर तेल, ५ केजी मुरही, ५ केजी चिउरा, र ५ केजी सोयाबिन हस्तान्तरण गर्नुभएको छ। साथै, प्रत्येक महिनामा यी सम्पूर्ण खाद्य सामग्री, प्रत्येक १५ दिनमा ५ केजी फलफूल, र प्रत्येक हप्तामा हरियो तरकारी आश्रमलाई दान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनको यो परोपकारी निर्णयप्रति नरहा युवा कमिटी, कमला नपा ९ (धनुषा) ले विशेष धन्यवाद व्यक्त गर्दै नवविवाहित जोडीको सुखद दाम्पत्य जीवनको शुभकामना व्यक्त गरेको छ। समाजसेवा र मानवियताको यो प्रयासले अन्य व्यक्तिहरूलाई पनि सहयोगी बन्न प्रेरित गर्ने विश्वास गरिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…