यौन क्रिडाको अड्डा बन्यो जनकपुरको नोचा पोखरी, साँझ भूतप्रेतको त्रास !
नोचा पोखरीलाई पर्यटकीय स्थलको रुपमा विकासको योजना ल्याएपनि सो ठाउँ अहिले यौन क्रिडाको रुपमा परिचित हुन थालेको छ । नजिकै गेष्ट हाउसहरु समेत खुलेपछि अवैद्य जोडीहरु सोही ठाउँमा शरण लिने गर्दैै आएकोमा भूतप्रेतको त्रासले अहिले आवतजावत बन्द हुन थालेको छ ।

२०८१ चैत १९ मंगलबार, बेलुकी ५:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एक नेताको व्यक्तिगत फाईदाको लागि सिँगारिँदै गएको जनकपुरको नोचा पोखरीमा अहिले भूतप्रेतको त्रास मच्चिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० स्थित रहेको नोचा पोखरीमा विगत केही दिनदेखि मानिसहरुको आवागमन बन्द हुँदै गएको छ । केही दिन अगाडी नोचा पोखरीमा जन्मदिन मनाउन गएका युवकलाई भूतप्रेतले मर्नेगरी कुटपिट गरेको घटना बाहिरिएपछि प्रेमजोडीहरु जान बन्द गर्न थालेका छन् । यद्यपी, विज्ञानले भूतप्रेत नरहेको मानेपछि गाउँसमाजमा यस्ता घटना भने प्रायः देखिन्छन् ।
जन्मदिन मनाएर घर फर्किने क्रममा करिब १० बजेको समयमै भूतप्रेतले युवकलाई लोटपोट गरी कुटपिट गरेको बताएका छन् । युवकको बयान अनुसार, आफूलाई अदृश्य शक्तिले कुटपिट गरेको जनाएका छन् ।
नोचा पोखरीलाई पर्यटकीय स्थलको रुपमा विकासको योजना ल्याएपनि सो ठाउँ अहिले यौन क्रिडाको रुपमा परिचित हुन थालेको छ । नजिकै गेष्ट हाउसहरु समेत खुलेपछि अवैद्य जोडीहरु सोही ठाउँमा शरण लिने गर्दैै आएकोमा भूतप्रेतको त्रासले अहिले आवतजावत बन्द हुन थालेको छ ।
तस्विरः साँकेतिक प्रयोजनको लागि मात्र, अरिजनल होईन । गुगलबाट साभार नोचा पोखरीमा जाँदा मोटरसाईकल दुर्घटना हुने, कसैले उचालेर मोटरसाईकल तल खसाईदिने जस्ता घटनाले तरँग भएको छ । युवकलाई निर्घात कुटपिटको घटनाले अहिले जोडीहरु पोखरीमा घुम्न जान छाडेका छन् ।
नोचा पोखरीको डिलमा बिहानदेखि दिउँसोसम्म प्रायः अवैद्य जोडीहरु यौन क्रिडा गर्ने स्थलको रुपमा चिनाउन थालेको छ । संयम व्यक्तिहरु आफ्नो परिवारलाई लिएर घुमाउन लैजाने वातावरण जोडीहरुले मासिदिएका छन् । नजिकै सँचालनमा रहेको होटल, रेष्टुरेन्टहरुले झन यसलाई बढाबा दिन थालेको आरोप छ ।
जनकपुरकै एक जनप्रतिनीधिको जमिन पर्ने भएपछि सो पोखरीलाई सौन्दर्यीकरणको लागि घाटहरु बनाउन थालिएको थियो । अहिले भूतप्रेतको हल्लाले पर्यटकहरु जान छाडेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…