कमला नगरपालिकामा क्षयरोग कार्यक्रमको कोहर्ट विश्लेषण तथा समिक्षा
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाअन्तर्गत स्वास्थ्य संस्थाहरुको चालु आर्थिक बर्षमा क्षयरोग अभियानको पालिकास्तरीय वार्षिक समीक्षा तथा कोहर्ट विश्लेषण कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०८१/०८२ को फागुन मसान्तसम्म भएका क्षयरोगमुक्त अभियानको

२०८१ चैत १३ बुधबार, राति ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाअन्तर्गत स्वास्थ्य संस्थाहरुको चालु आर्थिक बर्षमा क्षयरोग अभियानको पालिकास्तरीय वार्षिक समीक्षा तथा कोहर्ट विश्लेषण कार्यक्रम सम्पन्न भएको छ ।
चालु आर्थिक बर्ष २०८१/०८२ को फागुन मसान्तसम्म भएका क्षयरोगमुक्त अभियानको बारेमा प्रस्तुति राख्दै पालिकास्तरीय अभिमुखीकरण, क्षयरोग अभियानका लागि नगर र वडास्तरीय संयोजक चयन, नगर र वडास्तरीय क्षयरोगमुक्त अभियान, महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि क्षमता विकास, स्क्रिनिङलगायतका कार्यक्रमको बारेमा जानकारी दिइएको थियो ।
स्वास्थ्य शाखाका प्रमुख रामकुमार ठाकुुरले नगर र वडास्तरीय समितिमार्फत क्षयरोगमुक्त अभियानका लागि गरिएका प्रतिबद्धता कार्यान्वयनका लागि निरन्तर काम गरिने बताए ।
शाखा प्रमुख ठाकुरले सबैको साथ र सहयोगबाट क्षयरोगमुक्त अभियानलाई सार्थक बनाउन सकिने भएकाले गत वर्ष क्षयरोगमुक्त अभियानमा गरिएका प्रतिबद्धताहरु कार्यान्वयनमा लाग्नुपर्ने बताए ।
समिक्षा गोष्ठीमा स्वास्थ्य शाखा सहसँयोजक अमरेश कुमार यादव लगायत विभिन्न स्वास्थ्य सँस्थाका ईन्चार्ज, कर्मचारी, क्षयरोग कार्यक्रमका सँयोजक, स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…