समयमै पुल निर्माण सम्पन्न नहुँदा दिनहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता
न्यूज ब्यूरो | जनकपुरधाम, २१ असार । ठेकेदारको लापरवाहीले समयमै पूल निर्माणको काम सम्पन्न नुहँदा पूर्वी धनुषाको स्थानीयहरु जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् भनेर आजको न्यूज पेपर दैनिक मा गोविन्द महतो ले समाचार लेखेका छन् । धनुषाको हंसपुर नगरपालिकाको बेल्हीको बलुवा खोलाको पर्साहीमा निर्माणाधिन पूलक

२०७५ असार २१ बिहीबार, दिउँसो १२:३१ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २१ असार । ठेकेदारको लापरवाहीले समयमै पूल निर्माणको काम सम्पन्न नुहँदा पूर्वी धनुषाको स्थानीयहरु जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् भनेर आजको न्यूज पेपर दैनिकमा गोविन्द महतोले समाचार लेखेका छन् ।
धनुषाको हंसपुर नगरपालिकाको बेल्हीको बलुवा खोलाको पर्साहीमा निर्माणाधिन पूलको निर्माण समयमै पूरा हुन नसक्दा झण्डै पाँच नगरपालिका / गाउँपालिकाका स्थानीयहरु जोखिम मोलेर पूल तर्न बाध्य भएका हुन् ।
हिउँदको समयमा बासको पुलले जेनतेन धानेपनि बर्षायाममा स्थानीय बासिन्दाले सास्ती व्यहोर्नु परिरहेको छ ।
हंसपुर, शहिदनगर, कमलामाई, जनकनन्दनी, सबैला, गणेशमान चारनाथ नगरपालिका सहितका क्षेत्रका स्थानीयहरु बलुवा खोलामा आउने बाढीले बर्षायाममा खोला तर्न बनाईएको पुल बगाउदा आवत जावतमा समस्या भएको शहिद नगरपालिकाका यदुकूहाका राजकुमार साह बताउँछन् ।
उनले भने, ‘हामीलाई प्राय जसो एक–दुई दिनमै जनकपुर आउनु जानुपर्ने हुन्छ, तर अन्य बाटो भएर जादा घण्टौं लाग्छ, अलि पायक पर्ने बाटो यहि हो, तर यहाँ पनि अषाढ लाग्दै बनाएको पुल बाढीले बगाएपछि अझै कति दिन यसरी नै कति दिन काट्नुपर्ने हो थाहा छैन् ।’
धनुषाको पूर्वी जनताहरुलाई प्रदेश नं २ को राजधानी यदुकूहा जनकपुरधामसंग जोड्ने मनहरपुर–खरिहानी सकडकको मुख्य भागमा रहेको पुल निर्माणले गति नलिदा वर्षेनी सो क्षेत्रका स्थानीयहरु सास्ती खेप्न बाध्य भएको छ ।
धनुषा हंसपुर नगरपालिका बघचौडाका स्थानीय रामदेव कापड भन्छन, ‘जब वर्खायाम शुरु हुन्छ, बर्खे भेल र पानीको उर्लदो बहावसंगै खोला बढेर वारपार गर्नलाई काठेपुल समेत खोलाले बगाईदिन्छ, तब यहाँका मान्छेको चासो हुन्छ, तर पछि सेलाउदै जाने भएकै कारण पूर्वी भेगकाबासीका प्रत्येक दिन सास्ती भोग्नु दैनिकी बनेको छ ।’
धनुषा जिल्लाको पूर्वी क्षेत्रमा रहेको हंसपुर नगरपालिकाको वडा नं. ८ वेल्ही पर्साहीमा काठको पूल गत साता ८ गते आएको बाढीले बगाएको थियो ।
हाल बलुवा खोलामा खोला वारपारका लागि पुल नहुंदा स्थाननिय बासिन्दा, सवारी साधनलाई सय रुपैया तिरेर टियुर तथा काठले बनाएको डुङ्गामा वारपार गराउने गरिए पनि पैदल यात्रीहरु निर्मार्णाधिन पुलमा सिढी लगाएर चढने तथा ओर्लने जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। स्थानीयहरुका लागि दैनिक उपभोग्य समान खरिद तथा प्रशासनिक कामकाजका लागि सदरमुकाम जनकपुरधाम आउने भए पनि त्यो डरलाग्दो आँखाको नजर नै घुमाउने बालुवा खोला तर्नुपर्ने बाध्यता रहेको स्थानीय रामप्रवेश मण्डल बताउँछन् । 
उनले भने, ‘३/४ वर्षदेखि पुल निर्माण भै रहेको छ, तर निर्माण अझै पुरा हुन सकेको छैन, बर्खाको समयमा समान खरिद लगायत विद्यार्थी र बिरामीहरुलाई ल्याउन लैजान समेत समस्या भएको छ ।’
बर्षा हुने समय अझ धेरै बाँकी छ, तरपनि आषाढ महिनामै आएको बाढीले बालुवा खोलामा भएका काठेपुल समेत बाढीले बगाउँदा पूर्वी धनुषाका स्थानीय झनै त्रासमा छन् ।
दिनहुँजसो जोखिम मोलेर खोला वारपार गर्दाको पिडा खपिनसक्नु भएका धनुषाबासीका लागि तत्काल पक्की पुल हुन नसकेपनि खोला वारपार गर्नलाई भने सामान्य पुलको आवश्यक्ता रहेको स्थानीय रामप्रवेश मण्डल बताउँछन ।
नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत तत्कालिन जिल्ला विकास समिति अन्तर्गत जिल्ला प्राविधिक कार्यालयले ९ डिसेम्बर २०१५ मा रोशन कन्सटूक्सन प्रा.लि. जनकपुरसंग सम्झौता गरेर २२ मार्च २०१७ सम्म बनाईसक्नुपर्नेमा हाल सम्म सम्म पनि पुलको निर्माणकार्यले पुरा हुन सकेको छैन् ।
राष्ट्रिय ग्रामीण यातायात सुदृढिकरण अन्तर्गत बलुवा खोलामा हाल निर्मार्णाधिन पुल निर्माणको लागि कुल लागत २ करोड ४८ लाख ६९ हजार २५ रुपैयामा ४० मिटरको पाईल, फाउण्डेशन, पिलर डेस्क स्लायव, एप्रोच, रोड तर तारजाली गर्ने कामको जिम्मा पाएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…