जनकपुरः साईप्रस पठादिन्छु भन्दै विद्यार्थीहरुबाट २० लाख रुपैयाँ लिएर महतो फरार
यस सन्दर्भमा कन्सल्टेन्सी सँचालक कमलदेव महतोले आफ्नो कार्यालयमा कार्यरत नरहेको दाबी गरे । उनले कन्सल्टेन्टको रुपमा कार्यरत मात्रै रहेको र विद्यार्थीहरुको रकम ठगेर भागेको पछि जानकारी भएको बताए । उनले शम्भु आफ्नो सम्पर्कमा समेत नरहेको बताए ।

२०८१ चैत १३ बुधबार, बिहान १०:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पढनको लागि साईप्रस पठाईदिन्छु भन्दै धनुषाका एक युवकले विद्यार्थीहरुको २० लाख रुपैयाँ लिएर फरार भएका छन् ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुर बस्ने मोहन महतो सुडीका छोरा अन्दाजी बर्ष ३२ का शम्भु महतो सुडीले धनुषाका २५ विद्यार्थीहरुबाट २० लाख रुपैयाँ उठाएर युवतिसँग फरार भएका छन् ।
महोत्तरीको बर्दिवासस्थित रहेको EDI Euro Dynamics International Pvt Ltd. मा कार्यरत महतोले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ९ ईच्छापुर बस्ने मन्दिप ठाकुर, विक्रम दास, राजन यादव, धनुषाधाम नगरपालिका वडा नम्बर ५ पर्वता बस्ने सँतोष साह राजीव महतो, धनुषाधाम बस्ने दिपक मण्डल, मिर्चैया बस्ने ऋषी कुमार साह, पथरा बस्ने ईन्द्रेश यादव, किसन यादव र बडहरी बस्ने दिनेश कुमार ठाकुर सोनारबाट ८०÷८० हजार रुपैयाँ उठाएर युवतिसँग फरार भएका छन् ।
उनीहरुको साथै अन्य विद्यार्थीहरुबाट सोही दरको रकम उठाएर भागेका छन् । कन्सल्टेन्सीका सँचालक कमलदेव महतोसँगको मिलोमत्तोमा शम्भु २० लाख रुपैयाँ लिएर फरार भएका हुन् ।
शम्भुले विश्वासको तौरमा केही विद्यार्थीहरुलाई चेक काटेर समेत दिएका थिए । तर, खातामा रकम नहुँदा विद्यार्थीहरु ठगिएको महसुस गरे ।
अहिले शम्भु महतो एक युवतिसँग फरार भएका छन् । उनी सप्तरीको राजविराजतर्फ देखिएको बताईएको छ । उनलाई पक्राउ गरी जानकारी दिनेलाई पुरस्कार दिने विद्यार्थीहरुले बताएका छन् ।
यस सन्दर्भमा कन्सल्टेन्सी सँचालक कमलदेव महतोले आफ्नो कार्यालयमा कार्यरत नरहेको दाबी गरे । उनले कन्सल्टेन्टको रुपमा कार्यरत मात्रै रहेको र विद्यार्थीहरुको रकम ठगेर भागेको पछि जानकारी भएको बताए । उनले शम्भु आफ्नो सम्पर्कमा समेत नरहेको बताए ।
महतोले उनको परिवारजनसँग सम्पर्क गरी पैसा फिर्ताको लागि पहल गरेपनि कुनै सुनुवाई नभएको भन्दै कानुनी प्रक्रिया अपनाएर रकम फिर्ता गर्ने प्रतिवद्धता जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…