१२ करोडको बँगला किनेको बारे गलत भ्रम फैलाईयोः मेयरका छोरा श्रेष्ठ
“उक्त समाचारमा मेरो बुवा गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले काठमाडौंको कुपण्डोल क्षेत्रमा झन्डै एक रोपनी जग्गामा तीनतले भव्य बंगला निर्माण गरेको उनको सम्पत्ति विवरण र आम्दानी स्रोतप्रति शंका गरिएको जस्ता भ्रामक दाबी गरिएको छ।समाचारमा उल्लेख गरिएको घर बंगाला हाम्रो परिवारको नरहेको स्पष्ट पार्न चाहन्छौ।”– उनले पत्रकार सम्मेलनमा भने ।

२०८१ चैत १२ मंगलबार, राति ८:५७ बजे१ मिनेट पढाइ

सबिन यादव, १२ चैत्त । सिरहा गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठका छोरा सुमित श्रेष्ठले सँचारमाध्यममा आफूबारे गलत भ्रम फैलाएर मानमर्दन गरेको आरोप लगाएका छन् ।
यही चैत्र ११ गते प्रकाशित गरेको 'गोलबजारका मेयरले छोरालाई १२ करोडको बंगला उपहार' शीर्षकको भ्रामक, आधारहीन र सत्यतथ्यविहीन समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
“उक्त समाचारमा मेरो बुवा गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले काठमाडौंको कुपण्डोल क्षेत्रमा झन्डै एक रोपनी जग्गामा तीनतले भव्य बंगला निर्माण गरेको उनको सम्पत्ति विवरण र आम्दानी स्रोतप्रति शंका गरिएको जस्ता भ्रामक दाबी गरिएको छ।समाचारमा उल्लेख गरिएको घर बंगाला हाम्रो परिवारको नरहेको स्पष्ट पार्न चाहन्छौ।”– उनले पत्रकार सम्मेलनमा भने ।
समाचारमा उल्लेख गरिएको १२ करोड लागतको भनिएको तीनतल्ले भवन हाम्रो होइन। सो घर कुपण्डोलमा नभई ललितपुरको चाकुपाटमा रहेको छ।
हामी सो घरमा एउटा कार्यक्रमको बीच सहभागी हुन पुगेको बेला तस्बिर खिचिएको हो। त्यसैले, दवानल अनलाइनमा प्रकाशित समाचार पूर्ण रूपमा भ्रामक, तथ्यहीन र कपोलकल्पित रहेको बताएका छन् ।
उनले भने–“पत्रकारिताको मूल आधार नै सत्यता र प्रमाणमा आधारित हुनुपर्ने हो। तर, कुनै प्रमाणबिना सार्वजनिक रूपमा समाचार पटक(पटक तथ्यहीन, भ्रामक र कपोकल्पित प्रकाशन गर्नु गैर(जिम्मेवार पत्रकारिताको हो। यस प्रकारका समाचारहरू प्रकाशन गरी आम जनमानसलाई भ्रमित गर्ने कार्यप्रति हाम्रो गम्भीर आपत्ति छ। साथै, दवानल अनलाइन विरुद्ध कानुनी प्रक्रियामा जाने यसै पत्रकार सम्मेलन मार्फत जानकारी गराउदछौ।”
सिरहाका एक अनलाईनका सँचालकले पटक–पटक तथ्यहिन समाचार भ्रमित रुपमा प्रकाशन तथा सम्पादन गरिरहेको हुँदा सम्बन्धित निकाय तथा पत्रकार महासंघ सिरहासंग आव्यशक् कारवाहीका लागि माग गरेका छन् ।
उनले आफूसँग रहेको र सुचनाहरु आवश्यक परेको खण्डमा पत्रकारहरुलाई दिनका लागि प्रतिवद्ध रहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…