घरबाटै हराएकी गुलनाश खातुनको लास बोरामा बेरिएर गाडिएको अवस्थामा फेला

२०८१ चैत ११ मंगलबार
दिउसो २:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, १२ चैत्त । गत फागुन २९ गते हराएकी १३ वर्षिय गुलशना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको छ । 

गोलबजार नगरपालिका ९ गोविन्दपुर गाउँकी बालिका गुलशना गत २९ गते फागुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन् । त्यसपछि उनी फर्किनन् ।

आज बिहान गोठालाहरु झाडी बुट्यान छेउछाउबाट उग्रिगन्ध चलेको गाउँमा आएर बताए पछि स्थानीयलाई इलाका प्रहरी कार्यालय मिर्चैलाई खबर गरेका थिए । गोलबजार ९ का पूर्व वडाध्यक्ष रामपुकार कामतीले भने , “एकातिर गाउँमा बालिका हराइरहेको खबर डढेलो झैं फैलिएको थियो । अर्कोतिर वनमारा झाडीभित्रबाट लास कुहिएको गन्ध आएपछि गाउँमा आशंका जाग्यो । दुर्भाग्यवश आशंका सत्यमा परिणत भयो । १३ वर्षिय गुलशना बोरामा बेरिएर खाडल भित्र मृत अवस्थामा फेला परिन् ।

घटनास्थल पुगेको प्रहरीले घुर्मी खोला किनारमा तीन फिट खनेपछि जुटको बोरामा बेरिएको बालिकाको शब फेला परेको प्रहरी उपरीक्षक सन्त बहादुर बाखुले जानकारी दिएका छन् । उनले भने लास पुरै कुहिएर चिन्न नसकिने अवस्थामा छ । 

अपराधिले लास छिटो गलोस् भनेर खाडलमा नुन हालेर शव परेको भेटिएको छ । कपडा र बाँकी रहेको शरीरको आकृतिबाट हराइरहेकी बालिका नै हुनुपर्छ भन्ने अनुमान लगाइएको छ । प्रहरीले बालिकाको शव पोष्टमार्टमका लागि सिरहा अस्पतालमा पठाउने तयारी गरेको छ ।

फागुन २९ गते हराएकी गुलशनाको खोजी गरिदिन उनकी आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा गत चैत १ गते निवेदन दिएकी थिइन् । ७ दिन बितिसक्दा पनि छोरीको अत्तोपत्तो नलागे पछि अत्तालिएकी जाहेदाले पत्रकार बोलाएर लेखिदिन आग्रह गरेकी थिइन् । खातुनले प्रहरीले हराएकी छोरीको खोजी गर्न उदासिनता देखाएको आरोप लगाएकी थिइन् ।

गत चैत ६ गते इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक बाखुसँग गुलशनाको खोजीबारे जिज्ञासा राख्दा उनले भनेका थिए , गुलशनालाई छिमेकी जिल्लामा पु¥याइएको सुराग आएको छ । हामी निकै नजिक पुगिसकेका छौं । चाडै बालिकाको उद्धार गर्छौ । तर दुर्भाग्यवश बालिकाको जीवित उद्धार गर्न प्रहरी असफल भएको छ ।

बालिका मृत भेटिएपछि नायव प्रहरी उपरीक्षकसँग सोधियो – चाडै उद्धार गर्छौ भन्नुभएको थियो , बालिकाको सडेगलेको शरीर फेला प¥यो त ? उनले उत्तर दिंदै भने एक व्यक्तिले हामीलाई बालिका धनुषामा देखिएको सूचना दिएका थिए । पछि हामीले उनलाई बोलाएर बालिकाको तस्बिर पनि देखाएर सोध्दा–“ हो – मैले यही बालिकालाई एउटा केटासँग धनुषामा देखेको बताएका थिए । ” हामीले रौतहटसम्म घेराबन्दी गरेका थियौं । तर सूचना गलत निस्क्यो । प्रहरी नायव उपरीक्षक बाखुले अब अनुसन्धान तहकिकातमा कुनै कसर बाँकी नराख्ने र अपराधी पत्ता लगाएरै छोड्ने बताएका छन् ।

छोरीको लास फेला परेको खबरले आमा जाहेदा खातुन र उनका परिवार स्तब्ध छन् । आमा जहेदा इन्तु न चिन्तु भएकी छिन् । गोबिन्दपुर गाउँ नै शोकाकुल भएको छ ।

 उनले प्रहरीले आफु र आफ्नो परिवारलाई गुमराहमा राखेको आरोप लगाइन् । उनले भनिन् , बालिका भेटि सकिएको छ , चाडै घर ल्याइदिन्छौ भनेर आश्वासन दिएका थिए । तर अहिले सग्लो लास पनि दिन सकेनन् । प्रहरीले बालिकाको खोजीमा मेहनत गरेको भए आफ्नी छोरी जीवितै भेटिन्थ्यो भन्दै उनले प्रहरीले वास्तै नगरेको आरोप लगाइन् ।

मृत गुलशना खातुन स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् । त्यस अघि उनी स्थानीय मदर्सामा पढथिइन् ।

  • 1%
  • 0%
  • 0%
  • 0%
  • 97%
  • 1%

जनकपुरमा बन्द गरिएको अस्पताल चोरीलुकी सँचालन गरेपछि पुगे मुख्यमन्त्री, सँचालक पक्राउ 

  • २०८१ चैत ११ मंगलबार

न्यूज ब्यूरो, १८ चैत्त । जनकपुरमा केही दिन अघिमात्र मापदण्ड विपरीत रहेका अस्पतालहरुको अनुगमण गर्ने क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सिंहले बन्द गराएका एक अस्पतालमाथि पुनः कारवाही गरिएको छ । सँचालकले लुकी

पूरा पढ्नुहोस्

Bureau Menus