
न्यूज ब्यूरो, ११ चैत्त । नेपाल कराँते महासंघको दोस्रो वार्षिक साधारण सभाबाट विद्यान संशोधन गर्ने निर्णय गरिएको छ ।
महासंघका ७ प्रदेशका ३५ प्रतिनिधिहरू, विभिन्न कराते संघका १४ कार्यसमिति सदस्यहरू, १७ जना पर्यवेक्षक २१ जना विशिष्ट अतिथिहरूको उपस्थिति र सक्रिय सहभागितामा दोस्रो साधारणसभा सम्पन्न भएको हो ।
सोमबार सम्पन्न सभाबाट विधान संशोधन, प्रशासनिक तथा व्यवस्थापन कार्यविधिको अनुमोदन, राष्ट्रिय टिम तयारी कार्यविधि, राष्ट्रिय कराते एकेडेमीको कार्यविधि तथा अन्य विषयहरू—हाम्रो कराते खेलको भविष्यलाई अझ व्यवस्थित, सशक्त र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन मद्दत गर्ने गरी निर्णयहरु पारित गरिएको छ ।
यसका साथै कराते खेलाडी एरिका गुरुङ लाई ‘हिमालयन वारियर’ उपाधि प्रदान गर्ने निर्णय पारित भएको हो । यो निर्णय संगठनको सम्मानको विषय रहेको र यसले सम्पूर्ण खेलाडी समुदायलाई थप प्रेरणा प्रदान गर्ने संघका अध्यक्ष युवराज लामाले जानकारी दिए ।
साधारण सभाको उदघाटन माला लामाले गरेको बताईएको छ ।
तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?
- २०८१ चैत १० सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका
पूरा पढ्नुहोस्