नेपाल कराँते महासंघले खेललाई व्यवस्थित गर्न विद्यान संशोधन गर्ने, खेलाडीलाई सम्मान गर्ने निर्णय
यसका साथै कराते खेलाडी एरिका गुरुङ लाई ‘हिमालयन वारियर’ उपाधि प्रदान गर्ने निर्णय पारित भएको हो । यो निर्णय संगठनको सम्मानको विषय रहेको र यसले सम्पूर्ण खेलाडी समुदायलाई थप प्रेरणा प्रदान गर्ने संघका अध्यक्ष युवराज लामाले जानकारी दिए ।

२०८१ चैत ११ सोमबार, राति ८:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, ११ चैत्त । नेपाल कराँते महासंघको दोस्रो वार्षिक साधारण सभाबाट विद्यान संशोधन गर्ने निर्णय गरिएको छ ।
महासंघका ७ प्रदेशका ३५ प्रतिनिधिहरू, विभिन्न कराते संघका १४ कार्यसमिति सदस्यहरू, १७ जना पर्यवेक्षक २१ जना विशिष्ट अतिथिहरूको उपस्थिति र सक्रिय सहभागितामा दोस्रो साधारणसभा सम्पन्न भएको हो ।
सोमबार सम्पन्न सभाबाट विधान संशोधन, प्रशासनिक तथा व्यवस्थापन कार्यविधिको अनुमोदन, राष्ट्रिय टिम तयारी कार्यविधि, राष्ट्रिय कराते एकेडेमीको कार्यविधि तथा अन्य विषयहरू—हाम्रो कराते खेलको भविष्यलाई अझ व्यवस्थित, सशक्त र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन मद्दत गर्ने गरी निर्णयहरु पारित गरिएको छ ।
यसका साथै कराते खेलाडी एरिका गुरुङ लाई ‘हिमालयन वारियर’ उपाधि प्रदान गर्ने निर्णय पारित भएको हो । यो निर्णय संगठनको सम्मानको विषय रहेको र यसले सम्पूर्ण खेलाडी समुदायलाई थप प्रेरणा प्रदान गर्ने संघका अध्यक्ष युवराज लामाले जानकारी दिए ।
साधारण सभाको उदघाटन माला लामाले गरेको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…