कमला नगरपालिकाभित्र SEE परीक्षा मर्यादित भईरहेको छः शिक्षा प्रमुख जयशवाल
उनका अनुसार, कमला नगरपालिकाभित्र रहेको मावि विद्यालयहरुको परीक्षा केन्द्रमा नियमित रुपमा नीरिक्षणको साथै प्रहरीसहित नीरिक्षक र केन्द्राध्यक्षलाई समेत चेतावनी दिएपछि परीक्षा मर्यादित रुपमा भईरहेको बताएका छन् ।

२०८१ चैत ११ सोमबार, बिहान ११:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाभित्र सँचालनमा रहेको एईई परीक्षा शान्तीपूर्ण र मर्यादित भईरहेको बताईएको छ ।
कमला नगरपालिका वडा नम्बर ६ मडानस्थित रहेको परीक्षा केन्द्रमा शान्तीपूर्ण र मर्यादीत रुपमा परीक्षा भईरहेको कमला नगरपालिकाका शिक्षा इकाइ प्रमुख अमित जयशवालले बताए ।
उनका अनुसार, कमला नगरपालिकाभित्र रहेको मावि विद्यालयहरुको परीक्षा केन्द्रमा नियमित रुपमा नीरिक्षणको साथै प्रहरीसहित नीरिक्षक र केन्द्राध्यक्षलाई समेत चेतावनी दिएपछि परीक्षा मर्यादित रुपमा भईरहेको बताएका छन् ।
जयशवालका अनुसार, परीक्षा केन्द्रमा परीक्षार्थीहरु गएपछि कम्पाण्ड बाहिरैको मुख्य गेटमा बडी सर्च गरिने, परीक्षा हलमा पुग्दा हलको गेटमा दोस्रो पटक सर्च गरिने र परीक्षामा बसिकेपछि परीक्षाको प्रश्नपत्र बाँडनुअघि समेत सर्च अभियान चलाएको बताए ।
उनले तीन दिनको परीक्षामा एक दिनको सर्च अभियानमा एउटा विद्यार्थीसँग मोबाईल फेला पारेको र सो मोबाईल जिल्ला प्रशासनमा जिम्मा लगाएको बताए । उनले चिट, फ्लेप र मोबाईल पूर्णतः निषेध गरिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…