आधारभूत तहको परीक्षा शान्तीपूर्ण र मर्यादित भईरहेको छः शिक्षा समिति सदस्य ठाकुर
उनका अनुसार चैत्र ८ देखि संचालनमा रहेको परीक्षामा कुल ४८०९ परीक्षार्थी सहभागी भएपनि ४७१५ जना उपस्थित र ९४ जना अनुपस्थित रहेको पाईएको छ । प्रत्येक दिन दिउँसो १ बजेर ३० मिनेटमा शुरु हुँदै आएको परीक्षा चैत्र १५ गतेसम्म संचालन हुने बताईएको छ ।

२०८१ चैत १० आइतबार, बिहान १०:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आधारभूत तह अन्तर्गतको कक्षा ८ को परीक्षा शान्तीपूर्ण र सौहार्द भईरहेको नगर शिक्षा समितिका सदस्य दिपक ठाकुरले जनाएका छन् ।
आधारभुत तह अन्तर्गतको कक्षा ८ को परीक्षा जनकपुरधाम उपमहानगरपालिकाको बिभिन्न परीक्षा केन्द्रहरुमा शान्तिपुर्ण रुपमा संचालन भईरहेको ठाकुरले बताएका छन् ।
कक्षा ८ का लागि जनकपुरधाम उपमहानगरपालिकाले १४ स्थानमा परीक्षा केन्द्रहरु तोकी परीक्षा लिदै आएको र सो स्थानहरुमा परीक्षा मर्यादित र शान्तिपुर्ण रुपमा संचालन भईरहेको उनले बताए ।
उनका अनुसार चैत्र ८ देखि संचालनमा रहेको परीक्षामा कुल ४८०९ परीक्षार्थी सहभागी भएपनि ४७१५ जना उपस्थित र ९४ जना अनुपस्थित रहेको पाईएको छ । प्रत्येक दिन दिउँसो १ बजेर ३० मिनेटमा शुरु हुँदै आएको परीक्षा चैत्र १५ गतेसम्म संचालन हुने बताईएको छ ।
परीक्षार्थीहरुले नेपाली, अंग्रेजी, गणित, बिज्ञान, साामजिक, स्वास्थ्य शारीरिक लगायत एच्छिकका रुपमा गणित, कम्प्युटर, अंग्रेजी, मैथिली र लेखा बिषय मध्येबाट कुनै एक बिषयमा परीक्षा दिनेछन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…