राराब कलेजको स्वीयू सदस्यमा निर्वाचित भएपछि मैले यी १० काम गरेः सदस्य यादव
उनले आफ्नो फेसबुकमा लेखेका छन् ,–“विद्यार्थी हक हितको लागि क्याम्पसमा र विधार्थीहरूको समस्या र गुणासो सुन्नलाई विहान ७ वजे देखि बेलुका ४ बजे सम्म बस्ने गर्थ्यो ।, प्रयोगात्मक परिक्षण वापत लिने सुल्कलाई पूर्ण रुपमा बन्द गराई जुन नियम विपरित थियो।, हरेक दिन कक्षाकोठा अनुगमन गर्ने र शिक्षा स्तरलाई प्रभावकारी बनाउने गर्न लगाईयो।, गुणस्तर शिक्षालाई मध्यनजर गरि शिक्षक, कर्मचारी तथा क्याम्पस प्रमुख समक्ष बारम्बार आवाज उठाए। बिबिए सेक्टरमा भएको लापरवाही सम्बन्धी ४ दिन सम्म बिबिए डिपार्टमेन्टमा ताला बन्दी गरि समस्या सामाधान गरियो ।”

२०८१ चैत ५ मंगलबार, बिहान ११:०६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको राराब कलेजका स्वतन्त्र विद्यार्थी युनियन सदस्य देबिन्द्र यादवले आफ्नो दुई बर्षे कार्यकालमा गरेका कार्यहरु सार्वजनिक गरेका छन् ।
राराब कलेजको स्वीयू निर्वाचनमा सदस्य पदमा निर्वाचित भएका यादवले दुई बर्षमा राराब कलेज र विद्यार्थीहरुको हकहितको लागि गरेका कार्यहरुको विवरण सार्वजनिक गरेका छन् । सोमबार उनको पद स्वतः खारेज भएको छ ।
न्यूज ब्यूरोलाई दिएको जानकारी अनुसार, यादवले २०७७ सालदेखि राराब कलेजमा विद्यार्थी राजनीतिमा आएको जनाउँदै २०७९ को स्वीयू निर्वाचनमा सदस्यमा निर्वाचित भए ।
स्ववियु निर्वाचित भए लगतै सरस्वति पुजामा संस्कृत कार्यक्रमको संयोजन बनेर विगत कयौ वर्ष देखि नभएको कार्यक्रम भव्य रुपमा सम्पन्न गराएको दाबी गरे ।
उनले राराब क्याम्पसमा कयौ वर्ष देखि नभएको हाजिरी जवाफ प्रतियोगीता गराउन सफल भएको बताए । उनले हाजिरी जवाफ प्रतियोगिताको लागि कलेजमा सँयोजकको रुपमा चयन भएको सुनाए ।
उनले शिक्षा संकाय अन्तरगत हुने प्रयोगात्मक परिक्षा छैठो प्रोजेक्ट मिटको समेत सँयोजक बनेर कार्य गरेपछि विद्यार्थीहरुमा आत्मबल बढाउन सहयोग गरेको बताए । त्रिभुवन विश्वविद्यालय अन्तरगत रहेका देश भरिकै क्याम्पसमा यो प्रयोगात्मक परिक्षावापत विद्यार्थीबाट फि उठाउने गरेपनि राराबमा निःशुल्क गराएको बताए ।
उनले आफ्नो फेसबुकमा लेखेका छन् ,–“विद्यार्थी हक हितको लागि क्याम्पसमा र विधार्थीहरूको समस्या र गुणासो सुन्नलाई विहान ७ वजे देखि बेलुका ४ बजे सम्म बस्ने गर्थ्यो ।, प्रयोगात्मक परिक्षण वापत लिने सुल्कलाई पूर्ण रुपमा बन्द गराई जुन नियम विपरित थियो।, हरेक दिन कक्षाकोठा अनुगमन गर्ने र शिक्षा स्तरलाई प्रभावकारी बनाउने गर्न लगाईयो।, गुणस्तर शिक्षालाई मध्यनजर गरि शिक्षक, कर्मचारी तथा क्याम्पस प्रमुख समक्ष बारम्बार आवाज उठाए। बिबिए सेक्टरमा भएको लापरवाही सम्बन्धी ४ दिन सम्म बिबिए डिपार्टमेन्टमा ताला बन्दी गरि समस्या सामाधान गरियो ।”
उनले दुई बर्षे कार्यकालमा विद्यार्थीहरुको लागि सहयोग गरेको र आगामी दिनमा हुने चुनावमा विद्यार्थीले पुनः मदत गर्ने अपेक्षा गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…