धनुषामा यादवचोक विवादः घरमा ढुँगामुढा गरेपछि प्रहरीले चलाए गोली, एक घाईते ,अवस्था तनावग्रस्त !
घाइते हुनेमा शहीद नगर नगरपालिकाका वडा नम्बर १ कुम्भकरणका सँतोष यादव नामक युवक रहेका छन् । कुम्भकरण भठिहन चोकबाट दुरीमा रहेका छन् । उनको उपचार जनकपुरधाम स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

२०८१ चैत ४ सोमबार, दिउँसो ३:५३ बजे१ मिनेट पढाइ

शम्भु पण्डित, जनकपुरधाम । धनुषामा चोकको नाम राख्ने विषयमा उत्पन्न विवाद सोमबार समेत उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित रहेको भैरव चौक (सम्बोधन) लाई हटाएर एक समुदायले जबरदस्ती यादवचोक राख्न खोजेपछि उत्पन्न विवादले अवस्था तनावग्रस्त बनेको छ ।
भठिहनस्थित बलपूर्वक यादवचोकको बोर्ड लगाउन थालेपछि उत्पन्न भएको विवादको क्रममा केही युवकहरुले प्रहरीमाथि ईट, ढुँगा बर्षाउन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि गोली चलाएको हो् ।
घाइते हुनेमा शहीद नगर नगरपालिकाका वडा नम्बर १ कुम्भकरणका सँतोष यादव नामक युवक रहेका छन् । कुम्भकरण भठिहन चोकबाट दुरीमा रहेका छन् । उनको उपचार जनकपुरधाम स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यादव पक्षले विरोधीको घरमाथि ठुङ्गामुढा गर्न थालेपछि प्रहरीले विवाद सम्य पार्न खोज्दा उनीहरु उग्रभई प्रहरीमाथिनै आक्रामक भएपछि प्रहरीले आत्मरक्षामा गोली चलाएको प्रहरीले जनाएको छ ।
आज भएको सो विवादमा प्रहरी समेत घाइते भएको प्रहरीको दावी छ ।
अहिले मोटो सँख्यामा प्रहरी परिचालन गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…