'अछुत' भन्दै महोत्तरीमा पत्रकार राममाथि हातखुट्टा बाँधेर कुटपिट, गाउँबाट भगाउने धम्की
पत्रकार रामको हात बाधेर कुटपिट गर्ने, दलित भएकै कारण गाउमा बस्न नदिने र जातिय विभेद गर्ने समुहलाई पहिचान गरी कारवाही हुनु पर्ने नेपाल प्रेस युनियन महोत्तरीका सचिव नविन चौधरीले माग गरेका छन् ।

२०८१ चैत ४ सोमबार, दिउँसो १२:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोतरीका पत्रकार मंजित कुमार राम माथि आक्रमण भएको छ । महोतरी सोनमा गाउँपालिका वडा नम्बर ५ स्थित आफनै घरमा बसिरहेका पत्रकार राममाथि आइतबार दिउसो अक्रमाण गरी घाइते बनाइएको छ ।
पुरानो रिसिबीका कारण स्थानीय कुंज बिहारी यादव र उनका तीन जना छोराले कुटपिट गरी घाइते बनाएको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार गराइरहेका पत्रकार रामले बताए ।
हात बाधेर कुटपिट गर्दा पत्रकार रामको टाउको पिठयु, ढाड र खुट्टामा चोट लागेको छ । पत्रकारलाई बचाउन आएका भाउजु पवन राम र आमा समेत घाइते भएको छ ।
पत्रकार रामको हात बाधेर कुटपिट गर्ने, दलित भएकै कारण गाउँमा बस्न नदिने र जातिय विभेद गर्ने समुहलाई पहिचान गरी कारवाही हुनु पर्ने नेपाल प्रेस युनियन महोत्तरीका सचिव नविन चौधरीले माग गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…