जनकपुर न्यूरो हस्पिटलले धान्यो बस दुर्घटनाका दर्जनौँ घाईते
हस्पिटलका प्रमुख सर्जन डा. विजय राउतले बस दुर्घटनाका घाईतेहरुको अवस्था हेर्दै तत्काल उपचारमा सबै कर्मचारीलाई खटन निर्देशन दिएका थिए । घाईतेहरुमध्येको ५ जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको उपचार जनकपुर न्यूरो हस्पिटलमा भईरहेको छ ।

२०८१ चैत २ शनिबार, बिहान १०:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको न्यूरो हस्पिटलले राजमार्ग बस दुर्घटनाका दर्जनौ घाईतेलाई धान्न सफल भएको छ ।
नीजि अस्पतालमा दुर्घटनाको दर्जनौ घाईतेलाई एकै पटक भर्ना गरी चिकित्सकको पुरै टिम लगाएर उपचार गर्न सफल भएको छ ।
शुक्रबार पूर्व पश्चिमा राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोलस्थित भएको बस दुर्घटनाका घाईतेहरुलाई न्यूरो हस्पिटलले भर्ना लिएका थिए । एकै पटक दुर्घटनाका ४० बढी घाईतेहरुलाई उपचारको लागि हस्पिटलका सबै टीमलाई खटाएको हस्पिटलका प्रवक्ता सँजय मण्डलले जानकारी दिए ।
हस्पिटलका प्रमुख सर्जन डा. विजय राउतले बस दुर्घटनाका घाईतेहरुको अवस्था हेर्दै तत्काल उपचारमा सबै कर्मचारीलाई खटन निर्देशन दिएका थिए । घाईतेहरुमध्येको ५ जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको उपचार जनकपुर न्यूरो हस्पिटलमा भईरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…