
ज्ञानदेब सहनी, ठाढी । धनुषाको विदेह नगरपालिका वडा नम्बर १ ठाढी गाउँमा मल्लाह जातिहरुले जातिय महापूजा बुधबार धुमधामसाथ सम्पन्न भएको छ ।
मल्लाह जातीको मुख्य देवताको रुपमा रहेको कमला माई जल अर्थात पानीकी देवी कमला महारानी, कोइलाबीर, दयालसिंह, मातैर, शिवधर पजीयार सहित ५६ करोड देवी–देवताको यस महापुजामा भाग दिएर आव्हान गर्ने परम्परा रहि आएको छ ।
मल्लाह जातिहरु विशेषतः पानीबाटै रोजगारी पाउने, पानीबाटै कमाई गरी खाने भएकाले मल्लाह जाति सार्वजनिक रुपमै घर–घरबाट चन्दा संकलन गरी महापुजाको आयोजन गर्ने गरिन्छ । पानीको मुख्य देवता कमला कोइलाको महापुजा गर्नाले पानीमा काम गर्ने यस जातिहरुको सुरक्षा कमला महारानीले गर्ने गरेको विश्वास उनीहरुसंग रहेको छ ।
विभिन्न नदी, ताल, पोखरीमा पानी भित्र प्रवेश गरेर प्रत्येक दिन काम गर्दै आइरहेका यस जातिलाई पानी भित्र रहेको विषैला जीवजन्तुहरुबाट सुरक्षाको साथै दैनिक जीवनमा पनि सबै मनोकामना पूरा हुने जनविश्वास रहि आएको छ ।
सहनीले यस महापूजामा जातिय मुख्य देवीद्ददेवताका साथै छप्पन करोड देवी–देवतालाई आव्हान गरि पूजा गरिने गरेको स्वाजीतयहरु बताउँछन् । ठाढी गाउँमा १६५घरधुरि रहेको मल्लाह जातिहरुका यो सार्वजनिक पूजा प्रत्येक दुई वा तीन वर्षमा आयोजन हुने गर्दछ ।
कुल देवताको यस सार्वजनिक महापूजाबाट बालबालिका सहित सबैलाई कल्याण हुन्छ भन्दै पूजा समितिका भालेसवर सहनी मल्लाहले गाउँको चारै तिरबाट रक्षा हुनुको साथै उत्तरोतर प्रगती पनि हुने जनविश्वास छ।
उनले भने पूजापछि वर्षभरि हामीहरु आफुलाई सुरक्षित महसुस गर्ने गर्दछौ भने कार्य गर्नमा पनि उत्साह एवं पुर्नताजगी जस्तो महसुस हुने गर्दछन् ।
महापुजाका मुख्य पुजारी विल्टु सहनी मल्लाह लगायतको नेतृत्वमा दुई दर्जन भन्दा अधिक महिला पुरुषहरुले देवता खेल्ने गर्दछन् भने भुतप्रेत लगायतका समस्याबाट ग्रसीत पीडीत व्यक्तिहरुलाई भगताद्धारा उपचार समेत गर्ने विश्वास गर्छन् ।
यस महापूजामा अक्षत, पान, सुपारी, लंग, खैनी(पीनी, अरबा चामलको भूजा, चीनीको लडु, खीर, रक्सी सहितका सामाग्रीहरु प्रसादको रुपमा चढाउने गरिन्छ ।
त्यस्तै पूजामा एक दर्जन भन्दा बढी खसी बोका एवं कुखुराको बली प्रदान गरिन्छ भने आफ्नो भाँकल पूरा भएको गाउँका अन्य जातिका व्यक्तिहरुले पनि बली प्रदान गर्ने गरिन्छ ।
यस महापुजाको आयोजनका लागि ठाढी गाउँमा बस्ने मल्लाह जातिहरुले चन्दा सहयोग दिने गर्दछन् भने पूजा पश्चात चन्दादाताको हरेक घरमा प्रसाद वितरण गर्ने गरिन्छ । पूजा भएको बेला दर्शकहरुको अत्यधिक भीडभाड हुने गरेकोले सुरक्षार्थ हेतु करिब दुई दर्जन युवाहरु स्वयं सेवकको रुपमा परिचालन हुने गरिन्छ ।
१५ दिन अघि देखि नै पुजाको तयारी प्रारम्भ भएको थियो भने लगभग साढे २ लाख रुपैया भन्दा अधिक खर्च भएको समितिले जनाएको छ ।
सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी
- २०८१ फाल्गुण २९ बिहीबार
न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा
पूरा पढ्नुहोस्