
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको कार्यालयमा पुग्ने वित्तिकै लेखिएको हुन्छ–“गुटखा खाएर जथाभावी नथुक्नु, सभ्य नागरिकको परिचय दिनु”, तर सोही कार्यालयका प्रहरी नायब नीरिक्षक (सईं) जीवन साह भने यसलाई मान्दैनन् ।
प्रहरी आचरणको न्यून्त्तम मापदण्ड समेत पालना नगर्ने सई जीवन साह ईलाका प्रहरी कार्यालयमा जाने सर्वसाधारणसँग अमिलो व्यवहार गर्छन् । विभिन्न मुद्दा मिलानको लागि जाने आम सर्वसाधारणसँग उनको व्यवहार अमिलो रहेको स्थानीयहरु गुनासो गर्छन् ।
उजुरीमाथि हुने सुनुवाई र मिलापत्रको क्रममा कार्यालय परिसरमै बर्दीको अपमान मात्र नगरी दिनभरि गुटखाको थुकले ईलाका रँगाएका छन् । बर्दीमा कार्यालयभित्रै वर्जित गरिएको गुटखा खान निषेध गरिएको छ । यति मात्र होईन, ड्युटीको बेला मद्यपान सेवन गर्नु दण्डनीय मानिएको छ । तर, सई जीवन साहको जीवनशैली भने यस्तै हो ।
तस्विरमा देखिएको सई जीवन साह, बर्दि मात्र लगाएर कुर्शीमा बसेका छन् । उनी हातमा मज्जाले गुटखा मिलाउँदै मिलापत्रका लागि गएका एक सर्वसाधारणलाई अभद्र व्यवहार गरिरहेका छन् । यो तस्विर अभद्र शब्द प्रयोग गरिरहेको बेलाको खिखिचएको छ ।
उजुरीमा मिलापत्रका लागि जाने सर्वसाधारणबाट एक पक्षले खानपानको व्यवस्था गरिदिएपछि अर्का पक्षलाई जीवन साहले पेल्ने जिम्मा लिन्छन् । पीडितलाई समेत नछाडने जीवन साहले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा विगतदेखि नै यस्तै गतिविधि गर्दै आएको आरोप छ ।
तस्विरमा देखिएका सई जीवन साहले न प्रहरीको बुट लगाएका छन् न त कुनै न्यून्त्तम मापदण्डको शर्त मानेका छन् । हातमा निषेध गरिएको गुटखा खाँदै, कार्यालय परिसरमा थुकाथुक गर्दै पँचायत बस्ने गरेको आरोप छ ।
हुनतः सई साहको त्यो नीजि जिवन भएपनि कार्यालयभित्र हुने व्यवहार नितान्त सार्वजनिक रुपमा गरिएको देखिएको छ । उनको यो व्यवहारले धनुषा प्रहरीको छवीलाई समेत दाग लगाउने व्यवहारको रुपमा लिइएको छ ।
स्पष्टिकरण सोधिएपछि बौखलाए निलम्बित कोषाध्यक्ष यादव, ७० लाख दिएको प्रमाण दिन चुनौति
- २०८१ फाल्गुण २८ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले तत्कालिन कोषाध्यक्ष सुरेन्द्र यादवलाई स्पष्टिकरण सोधिएपछि उनी बौखलाएका हुन् । पार्टी विद्यान विपरित गतिविधि गरिएको भन्दै उनलाई स्पष्टिकरण सोधेपछि स्पष्टिकरण पेश
पूरा पढ्नुहोस्