प्रधानमन्त्री कपमा कोशी प्रदेशलाई पछारे मधेश, मधेश १६५ रनले विजयी
यसैगरी कप्तान अनिलकुमार साहले ७५ बलमा १० चौकाको मद्दतले ७५, दिपेश दासले ६० बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ५०, हरिशंकर शाहले २९ र रुपेश सिंह र मानय यादवले समान १० रन बनाए ।

२०८१ फागुन २७ मंगलबार, राति १०:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय (वनडे) क्रिक्रेटमा मधेशले बलियो जित सुरुवात गरेको छ ।
जितसँगै मधेशले दुई अंक जोडेको छ । दुवै खेलमा पराजित कोशी अंकविहिन छ । पहिलो खेलमा कोशी लुम्बिनीसँग २६ रनले पराजित भएको छ ।
मंगलबार सिद्धार्थनगर रंगशालामा मधेशले कोशी प्रदेशविरुद्ध १६५ रनको फराकिलो जित जित निकाल्यो ।
मधेशले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा ११९ रनमै समेटियो । कोशीका लागि शकिब हकले २५, सुजन थपलियाले २४, फिरदोर अन्सारीले २१ र दिपेश कँडेलले २० रन बनाए ।
मधेशका लागि रुपेश सिंहले ९ ओभरमा २९ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी राजेश यादवले तीन, हरिशंकर शाह र प्रदीप पास्वानले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८४ रनको योगफल तयार पारेको थियो ।
मधेशका लागि पवर सराफले ८५ बलमा ११ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ९२ रनको योगदान गरे ।
यसैगरी कप्तान अनिलकुमार साहले ७५ बलमा १० चौकाको मद्दतले ७५, दिपेश दासले ६० बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ५०, हरिशंकर शाहले २९ र रुपेश सिंह र मानय यादवले समान १० रन बनाए ।
छैटौं विकेटका लागि पवन र दिपेशले १२३ तथा दोस्रो विकेटका लागि अनिल र हरिशंकले ८७ रनको साझेदारी गरे ।
कोशीका लागि विपिन महतो र प्रकाश कार्कीले समान दुई तथा फिरदोस अन्सारी र दिपेश कँडेलले समान एक विकेट लिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…