गणेशमानमा तीन दिवसीय नेतृत्व संस्थागत विकास तालिम सम्पन्न
न्यूज ब्यूरो | जनकपुरधाम, १८ असार । गणेशमान चारनाथ नगरपालिका द्वारा संचालित नेतृत्व संस्थागत विकास विषयक तीन दिवसीय तालिम सोमबार समपन्न भएको छ । असार १६ गतेदेखि संचालित तालिममा भाषाण विधि भन्दा पनि प्रयोगात्मक तरिकाले सहभागी हरूलाइ संचालन गरिएको थियो । तालिममा सहजीकरण गर्न मुख्य सहजकर्ता आलोक कर्णले

२०७५ असार १८ सोमबार, राति ९:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १८ असार । गणेशमान चारनाथ नगरपालिका द्वारा संचालित नेतृत्व संस्थागत विकास विषयक तीन दिवसीय तालिम सोमबार समपन्न भएको छ ।
असार १६ गतेदेखि संचालित तालिममा भाषाण विधि भन्दा पनि प्रयोगात्मक तरिकाले सहभागी हरूलाइ संचालन गरिएको थियो ।
तालिममा सहजीकरण गर्न मुख्य सहजकर्ता आलोक कर्णले पूर्ण रूपमा तीनदिसम्म सम्म सहजकर्ताको भुमिका निर्वाह गरेका थिए ।
तालिम समापन समारोहमा वक्ताहरुले तालिम विषय वस्तु सान्दर्भिक रहेको बताएका थिए ।
गणेशमान चारनाथ नगरपालिका पहिलो पटक यस प्रकारको तालिम आयोजना गरिएकोप्रति सहभागीहरुले खुसी प्रकट गरेका थिए ।
वडाअध्यक्ष रामसुख यादवको अध्यक्षता तथा नगर उप प्रमुख मिना कुमारी यादवको प्रमुख आतिथ्यमा उक्त तालिमको श्रीगणेश गरिएको थियो ।
उपप्रमुख यादवकै पहलमा संचालित उक्त तालिम सफलतापुर्बक सम्पन्न भएको भन्दै यस्ता प्रकारका धेरै भन्दा धेरै तालिम तथा जनचेतनामुलक कार्यक्रमहरु आगामी आर्थिक वर्षमा संचालन गरिने प्रतिवद्वता समेत व्यक्ति गरिन।
कार्यक्रमको समापन सत्रमा प्रमुख प्रशासीय अधिकृत लखनदेव यादवले यस्ता कार्यक्रम समाज र स्थानीय नेताहरूको लागि उपयोगी साबित भएको औल्याए ।
तालिम संचालन विधि उपयुक्त रहेको भन्दै यस्ता कार्यक्रमको आवश्कता नगरपालिकाको लेखा अधिकृत शिवनारायणसहाले औल्याए।
कार्यक्रममा सहभागीहरुलाई ब्याग, प्रमाणपत्र उपलब्ध वितरण गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…