निरन्तर वर्षाले सर्पदंशमा वृद्धी, एक्कै दिन चारजनाको मृत्यु
वावु प्रेम यदुवन्शी | महोत्तरी,१८ असार । विगत दुई दिन देखि निरन्तर वर्षा हुदा सर्पदंश वढ्न थालेको छ । सोमवार विहान मात्र सर्पको टोकाइवाट महोत्तरीमा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दुईजना वर्दिवास र दुईजना गौशाला नगरपालिकाका छ । आईतवार राती नै सुतेको अवस्थामा उनीहरुलाई सर्पले टोकेकोमा दुईको

२०७५ असार १८ सोमबार, बेलुकी ६:५५ बजे१ मिनेट पढाइ

वावु प्रेम यदुवन्शी |
महोत्तरी,१८ असार । विगत दुई दिन देखि निरन्तर वर्षा हुदा सर्पदंश वढ्न थालेको छ । सोमवार विहान मात्र सर्पको टोकाइवाट महोत्तरीमा चारजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा दुईजना वर्दिवास र दुईजना गौशाला नगरपालिकाका छ । आईतवार राती नै सुतेको अवस्थामा उनीहरुलाई सर्पले टोकेकोमा दुईको उपचारको क्रममा र दुईको उपचार गराउन ल्याउने क्रममा वाटोमै मृत्यु भएको छ ।
मृतकहरु बर्दिवास नगरपालिका वडा नं. ५ का २७ वर्षिय बल वहादुर तामांग, वडा नं. ६ निवासी ७३ वर्षिय तिलकमाया राउत,गौशाला नगरपालिका वडा नं. १२ वस्ने ३६ वर्षिय शुशिल कुमार सिंह र सोहि ठाउका ११ वर्षिय मनिष राउत रहेको प्रहरीले जनाएको छ ।
महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. ३ गौरीडाँडा स्थित सर्पदंश उपचार केन्द्र र जलेश्वर अस्पतालमा सर्पदंशको अत्यधिक विरामी आउने गरेकोमा विशालु सर्पले टोकेको विरामीको हकमा अस्पताल आउन ढिला भएकाहरुलाई वचाउन गा्रहो हुने गरेको जिल्ला स्वास्थ्य प्रमुख डा.राजिव झाले वताए ।
उनले वर्षायाम र गर्मीमा सर्पदंश अत्यधिक हुने गरेकोले उक्त समयमा एन्टीभेनमहरु पर्याप्त मात्रामा राखिने गरिएको बताए ।
सर्पदंश केन्द्र बर्दिवासले चा.लु. आर्थिक वर्षमा मात्रै २६३ जना सर्पदंशका विरामीको उपचार गरेको छ भने जलेश्वर अस्पतालमै दैनिक ५ देखि ७ जना उपचारको लागि आउने गरेको डा.झाले वताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…