रौतहतको गरुडामा बर्षोदेखि नक्कली डाक्टरले चलाउँदैछ ५० बेडको अस्पताल, पुगेन मुख्यमन्त्रीको नजर
सामान्य औषधीमा चर्को रकम असुल्न खप्पीस रहेका नक्कली डाक्टर जयसवालले औषधी व्यवस्था विभाग, स्थानीय प्रहरी प्रशासन, स्थानीय तह लगायतका निकायहरुलाई लक्ष्मिकान्तको बलमा गोजीमै राखेको धाक समेत लगाउने सो हस्पिटलमाथि सरकारले कारवाही गर्न सकेका छैनन् ।

२०८१ फागुन १७ शनिबार, बिहान १०:४६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । गैर कानुनी रुपमा सँचालनमा रहेका अस्पताललाई ठाउँको ठाउँ बन्द गर्न निर्देशन दिने गरेका मधेशका मुख्यमन्त्री सतिश कुमार सिँहले अहिले एक्सनको कारण ट्रेण्डमा छन् ।
मधेश प्रदेशको विभिन्न जिल्लाको झोले अस्पतालहरुमा छापामारी, अनुगमन गरी कागजात अपुग भएकाहरुलाई बन्द गर्न निर्देशन दिँदै आएको बेला रौतहटको गरुडामै बर्षौदेखि अवैद्य रुपमा अस्पताल सँचालनमा रहेको खुलेको छ ।
गरुडा नगरपालिकाको शिवनगरमा बर्षौ देखि संचालनमा रहेका आनन्द होस्पिटल प्रालीले पक्षाघात (लकवा) को सर्तिया उपचारको नाउँमा प्रत्येक विरामी संग एक देखि डेढ लाख रुपैया लुट्दै आएका छन् ।
आनन्द पोलिक्लीनिक एक्युपञ्चर शिवनगरले २०७३ साउन १९ गते जिल्ला स्वास्थ्य कार्यालय गौरबाट स्वीकृति लिएको तर नविकरण २०७६ फागुन १३ गते गरेको गरुडा नगरपालिकाको रेकर्डमा देखिन्छ ।
आनन्द पोलिक्लीनिक एक्युपञ्चरको रेकर्डमा रहेपनि उक्त हस्पिटलमा पुग्दा आनन्द होस्पिटल प्राली नाम राखेर बर्षौ देखि संचालन गर्दै विरामीहरु संग रकम लुट्दै आएका छन् । बेड राख्ने प्रक्रिया पुरा नै नगरेर दर्जनौ बेड राखेर विरामीहरुको स्वास्थ्य संग खेलवाड गरिरहेका कथित नक्कली डाक्टर उमेश प्रसाद जयसवालको गोरखधन्धा दिनप्रतिदिन फस्टाउदै गएका हुन् । वेलाबखतमा सम्बध निकायलाई आर्थिक चलखेलको आधारमा अहिले सम्म विरामीलाई उपचार गर्ने निहुँमा लुट्दै आएको पीडितहरु बताउँछन् ।
केही एजेन्टहरु मार्फत पक्षाघात (लकवा) भएका विरामीहरुलाई उक्त हस्पिटलमा ल्याएर उपचार गरी ढाँड सेक्ने कार्य निर्वाध रुपमा जारी रहेको पाइएको छ ।
उक्त होस्पिटलका संचालक समेत रहेका कथित डाक्टर भनाउने जयसवालले विगत आठ बर्ष भन्दा बढि समय देखि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड विपरित गैरकानुनी रुपमा होस्पिटल संचालन गर्दै सम्बध निकायको आँखामा धुलो छर्दै आफ्नो गोरखधन्धा जारी राखेको हुँदा अविलम्ब त्यस्ता होस्पिटलहरु र संचालक माथि स्वास्थ्य ऐन अनुसार कारवाही गर्न स्थानीय बासिन्दाहरुले जोडदार रुपमा माग गरिरहँदा मुख्यमन्त्रीको ध्यान अझै पुग्न सकेको छैनन् ।
सामान्य औषधीमा चर्को रकम असुल्न खप्पीस रहेका नक्कली डाक्टर जयसवालले औषधी व्यवस्था विभाग, स्थानीय प्रहरी प्रशासन, स्थानीय तह लगायतका निकायहरुलाई लक्ष्मिकान्तको बलमा गोजीमै राखेको धाक समेत लगाउने सो हस्पिटलमाथि सरकारले कारवाही गर्न सकेका छैनन् ।
सो हस्पिटलले रौतहटका प्रशासनिक तथा कारवाही निकायलाई मोटो रकम बुझाउँदै आएको आरोप छ । भारत बिहारको विरामीले भरिभराउ सो हस्पिटल अवैद्य रुपमा सँचालनमा रहेको छ ।
नेपाल सरकारकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अनुसार भौतिक पूर्वाधार सहितको वेल इक्युमेन्ट, दक्ष जनशक्ति भएपछि मात्रै नीजि क्षेत्रमा अस्पताल संचालनको लागि इजाजत दिइने गरिन्छ । त्यती मात्रै नभई बर्षभरीको मूल्याँकन फारमको आधारमा नविकरण गर्ने स्पष्ट प्रावधान रहेको भएपनि बिना इजाजत, इजाजत लिएपनि बर्षौ देखि नविकरण नगराएको, बेड राख्ने अनुमती नलिई बेड राखेको, बेड राख्न अनुमती लिएपनि त्यसभन्दा धेरै बेड राखेर उपचारको आडमा गरिव असहाय विरामीहरु संग अनावश्यक रुपमा रकम लुट्दै आएका छन् ।
जानकारी अनुसार, मुख्यमन्त्री सिँह अस्पतालहरुमा कडा अनुमगन थालेपछि आनन्द हस्पिटलका सँचालक र नक्कली डाक्टर भाग्ने योजना बनाएको बुझिएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…