उज्यालो नेपालद्धारा मुस्लिम समुदाय शसक्तिकरण
न्यूज ब्यूरो | जनकपुरधाम, १६ असार । धनुषाको विदेह नगरपालिकामा मुस्लिम समुदायको शसक्तिकरण कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिका कार्यालयको सहयोगमा तथा उज्यालो नेपाल नामक गैरसकारी सँस्थाद्धारा नगरपालिकाको वडा नं. १, २, ३ र ४ मा “मुस्लिम समुदायको शसक्तिकरण कार्यक्रम” सम्पन्न भएको हो । ४ वटै वडाहरुमा स

२०७५ असार १६ शनिबार, बिहान ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १६ असार । धनुषाको विदेह नगरपालिकामा मुस्लिम समुदायको शसक्तिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
नगरपालिका कार्यालयको सहयोगमा तथा उज्यालो नेपाल नामक गैरसकारी सँस्थाद्धारा नगरपालिकाको वडा नं. १, २, ३ र ४ मा “मुस्लिम समुदायको शसक्तिकरण कार्यक्रम” सम्पन्न भएको हो ।
४ वटै वडाहरुमा सम्पन्न भएको तीन दिने कार्यक्रममा मुस्लिम समुदायका महिला पुरुष गरि जम्मा ५२ जना सहभागी भएका थिए जसमा १८ जना महिला र ३४ जना पुरुष थिए ।
वडा नं. १ र ४ को तालिम वडा नं. ४ को कार्यालय भवन ठाडीझिझामा वडा नं. ४ का वडाअध्यक्ष बिनोद गोहितमानको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो ।
यसका साथै, वडा नं. २ र ३ को कार्यक्रम समेत वडा नं. २ का वडाअध्यक्ष श्रवण कुमार कुसियैत र वडा नं. ३ का वडा अध्यक्ष बिल्टु रायको प्रमुख आतिथ्यमा संचालन भई सम्पन्न भएको जनाइएको छ ।
कार्यक्रमलाई सुनिता कुमारी सिंह, गिरधारी ठाकुर, जिवछ दास र सत्य नारायन साहले सँचालन तथा सहजीकरण गरेका थिए ।
कार्यक्रमको अनुगमन विदेह नगरपालिकाको प्रशासन प्रमुख केवल दासले गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…