नक्कली अस्पतालहरु बन्द गर्न थालेपछि मुख्यमन्त्रीविरुद्ध अस्पताल सँचालकहरुको मोर्चाबन्दी
मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराउने, पत्रकार सम्मेलन गरेर यार्थत वाहिर ल्याउने र आफुहरु माथी लगाउन थालिएको गलत आरोप र प्रचारवाजी विरुद्व संर्घषका कार्यक्रमहरु गर्ने उनीहरुको योजना छ । साथै अस्पताल सञ्चालकहरु सिघ्र आपतकालिन बाहेकका सबै सेवाहरु ठप्प गरेर आन्दोलनको तयारी गरिरहेको समेत बताइएको छ ।

२०८१ माघ २८ सोमबार, बिहान १०:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले नक्कली अस्पतालहरुलाई बन्द गर्न थालेपछि सँचालकहरु प्रतिकार गर्ने मुडमा देखिएका छन् ।
मुख्यमन्त्रीको पछिल्लो अस्पतालहरुमा देखिएको छडके अनुगमन र चासोलाई दृष्टिगत गर्दै अस्पतालका सञ्चालकहरु एक र संगठित हुन थालेका छन् । आइतवार जनकपुरधाममा अस्पताल सञ्चालकहरुको भेला बसेर प्राइभेट हस्पिटल एशोसिएसन जनकपुरधाम नामक संगठनको स्थापना गरेको छ ।
जनकपुरधामको एक होटलमा भेला भएर उनीहरु कागजात खोज्न र अनुसन्धान गर्न छुट्टै निकाय रहेपनि नियोजित रुपमा मुख्यमन्त्री आफै आफुहरुलाई अनावश्यक तनाव दिने काम गरेको र सबै अस्पताललाई नै अवैध देखाउने गरि प्रचारवाजी गरेको भन्दै उनीहरु त्यस विरुद्व संगठित हुनुपर्ने भन्दै डा. सरोज कुमार ठाकुरको अध्यक्षतामा २५ सदस्यीय प्राइभेट हस्पिटल एशोसिएसन जनकपुरधाम गठन गरेको छ ।
एशोसिएसनको उपाध्यक्षमा राम भरोस महतो, सचिवमा आविद हुुसेन, कोषाध्यक्षमा संजय मण्डल, सहसचिवमा डा। शुभाषचन्द्र यादव सहित तत्काल २५ सदस्सीय समिति बनाउदै विभिन्न कार्यक्रमहरुको समेत रणनीति अख्तियार गर्न थालेको छ ।
मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराउने, पत्रकार सम्मेलन गरेर यार्थत वाहिर ल्याउने र आफुहरु माथी लगाउन थालिएको गलत आरोप र प्रचारवाजी विरुद्व संर्घषका कार्यक्रमहरु गर्ने उनीहरुको योजना छ । साथै अस्पताल सञ्चालकहरु सिघ्र आपतकालिन बाहेकका सबै सेवाहरु ठप्प गरेर आन्दोलनको तयारी गरिरहेको समेत बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…