राष्ट्रिय हाईस्कूल च्याम्पियनसिप क्रिकेटमा मधेशबाट उपाधीको होडमा मोनाष्टिक स्कूल
सो क्रममा टोली मंगलबार काठमाण्डौ प्रस्थान गरेको छ । राष्ट्रिय च्याम्पियनसिपको फाइनल माघ २३ देखि २६ गतेसम्म काठमाण्डौमा आयोजना हुने छ, जहाँ सात प्रदेशका विजेता टिमहरूसँगै आयोजक टिम पनि प्रतिस्पर्धामा सहभागी हुनेछ । कुल ८ टिमबीच हुने यो प्रतियोगितामा मधेशको प्रतिनिधित्व मोनाष्टिक टोलीले गर्ने छ ।

२०८१ माघ २३ बुधबार, बिहान ८:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय हाई–स्कूल च्याम्पियनसिप क्रिकेट उपाधिका लागि मधेश क्वालिफायर प्रतियोगितामा विजयी हुदै मोनाष्टिक आवासीय माध्यमिक विद्यालय राष्ट्रिय उपाधिको होडमा पुग्न सफल भएको छ ।
युवा खेलाडीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित राष्ट्रिय हाई–स्कूल च्याम्पियनसिप क्रिकेटको मधेश क्वालिफायर प्रतियोगितामा मोनाष्टिक आवासीय माध्यमिक विद्यालयले शानदार प्रदर्शन गर्दै विजयी हुनुका साथै मोनाष्टिकको टोली अब राष्ट्रिय हाई–स्कूल च्याम्पियनसिपको अन्तिम चरणमा प्रतिस्पर्धा गर्नका लागि तयारीमा जुटेको छ ।
सो क्रममा टोली मंगलबार काठमाण्डौ प्रस्थान गरेको छ । राष्ट्रिय च्याम्पियनसिपको फाइनल माघ २३ देखि २६ गतेसम्म काठमाण्डौमा आयोजना हुने छ, जहाँ सात प्रदेशका विजेता टिमहरूसँगै आयोजक टिम पनि प्रतिस्पर्धामा सहभागी हुनेछ । कुल ८ टिमबीच हुने यो प्रतियोगितामा मधेशको प्रतिनिधित्व मोनाष्टिक टोलीले गर्ने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…