
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय हाई–स्कूल च्याम्पियनसिप क्रिकेट उपाधिका लागि मधेश क्वालिफायर प्रतियोगितामा विजयी हुदै मोनाष्टिक आवासीय माध्यमिक विद्यालय राष्ट्रिय उपाधिको होडमा पुग्न सफल भएको छ ।
युवा खेलाडीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित राष्ट्रिय हाई–स्कूल च्याम्पियनसिप क्रिकेटको मधेश क्वालिफायर प्रतियोगितामा मोनाष्टिक आवासीय माध्यमिक विद्यालयले शानदार प्रदर्शन गर्दै विजयी हुनुका साथै मोनाष्टिकको टोली अब राष्ट्रिय हाई–स्कूल च्याम्पियनसिपको अन्तिम चरणमा प्रतिस्पर्धा गर्नका लागि तयारीमा जुटेको छ ।
सो क्रममा टोली मंगलबार काठमाण्डौ प्रस्थान गरेको छ । राष्ट्रिय च्याम्पियनसिपको फाइनल माघ २३ देखि २६ गतेसम्म काठमाण्डौमा आयोजना हुने छ, जहाँ सात प्रदेशका विजेता टिमहरूसँगै आयोजक टिम पनि प्रतिस्पर्धामा सहभागी हुनेछ । कुल ८ टिमबीच हुने यो प्रतियोगितामा मधेशको प्रतिनिधित्व मोनाष्टिक टोलीले गर्ने छ ।
मोनास्टिकका डाइरेक्टर सोनुको नेतृतवमा गुगल एजुकेटर ग्रुप (GEG) जनकपुरको शुभारम्भ
- २०८१ माघ २३ बुधबार
न्यूज ब्यूरो, जनकपुधाम । गुगल एजुकेटर ग्रुप (GEG) जनकपुर को आधिकारिक शुभारम्भ मोनास्टिक स्कूल/कलेज मा सम्पन्न भएको छ । यो नेपालमा दोस्रो न्भ्न् अध्याय हो र यो पहलले शिक्षामा डिजिटल परिवर्तनको
पूरा पढ्नुहोस्