
न्यूज ब्यूरो, जनकपुरधाम । अन्डर–१९ विश्वकपको टीम अफ द टुर्नामेन्टमा नेपालकी कप्तान पूजा महतो पनि परेकी छन् ।
आईसीसीले मलेसियामा आइतबार सकिएको यू१९ विश्वकपमा सहभागीमध्ये उत्कृष्ट १२ खेलाडीको सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा नेपालकी कप्तान पूजा अटाएकी हुन् ।
पूजाले उक्त विश्वकपमा ७० रनसहित ९ विकेट लिएकी थिइन् ।
सूचीमा भारतका ४ खेलाडी समावेश छन् । दक्षिण अफ्रिकाका ३, इङ्ग्ल्याण्डका २, श्रीलंका र अस्ट्रेलियाका १(१ खेलाडी सूचीमा अटाएका छन् ।
भारतबाट गोंगडी तृषा, जी कमलिनी, आयुषी शुक्ला र वैष्णवी शर्मा छन् । दक्षिण अफ्रिकाका जेम्मा बोथा, कायला रेनेके र न्थाबिसेङ निनि, इङ्ग्ल्याण्डका डेभिना पेरिन, कटिइ जोन्स, श्रीलंकाकि चामोदी प्रबोद र अस्ट्रेलियाकि काइम्हे ब्रेउ पनि टोलिमा समेटिएका छन् ।
जनकपुरः बिहेको २२ दिनमै जेठानीसँग नवदुल्ही फरार, परिवारमा बिच्चली
- २०८१ माघ २१ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा बिहे भएको २२ दिनमै एक नवदुल्ही र जेठानीसँगै फरार भएपछि परिवारमा बिच्चली भएको छ । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ धनौजी गाउँ बस्ने स्थानीय अनिल
पूरा पढ्नुहोस्