
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित श्री रामजानकी माध्यमिक विद्यालयमा पालिकाका पेन्सन वञ्चित शिक्षकहरुको उपस्थितिमा जनकपुरधाम उपमहानगरपालिका नगरस्तरीय पेन्सन वञ्चित संघर्ष समिति गठन गरिएको छ ।
शिक्षकहरुका लागि पेन्सन र अन्य सुविधाको हकको रक्षा गर्न र वञ्चित शिक्षकहरुको समस्या समाधान गर्नु समिति गठनको मुख्य उद्देश्य रहेको बताइएको छ ।
समितिको अध्यक्षमा प्रदीप साहलाई चयन गरिएको छ भने उपाध्यक्षमा मनिता कुमारी साह र दिपेन्द्र सहनी नियुक्त भएका छन् ।सचिवको जिम्मेवारी कुन्दन किशोर तिवारीलाई दिइएको छ भने सह–सचिवको जिम्मेवारी करुणा कुमारी झालाई सौंपिएको छ ।
कोषाध्यक्षको जिम्मेवारी विजय कुमार यादवले सम्हालेका छन् । समितिमा श्रवण कुमार साह, खुश्बु यादव, प्रमोद कुमार यादव, रोशन कुमार गुप्ता र हरेराम यादव सदस्यको रूपमा चयन भएका छन् ।
समितिको सल्लाहकारको रूपमा आशाराम साह, सन्तोष महतो, सुबोध यादव र मनसिफ साह रहेका छन् । समिति गठनको मुख्य उद्देश्य वञ्चित शिक्षकहरुको पेन्सन र अन्य भत्ताको लागि संघर्ष गर्नु रहेको बताइएको छ ।
समितिका सदस्यहरुले यस संघर्षमा एकजुट भएर आफूहरूको हकका लागि संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी दिनमा शिक्षकहरुको समस्याको समाधानका लागि विभिन्न कदमहरु चालिने र स्थानीय प्रशासनसँग समन्वय गरेर मुद्दाको समाधानको प्रयास गरिने समिति सदस्यहरुले जानकारी दिए ।
समिति गठनपछि अध्यक्ष प्रदीप साहले यस्तो संघर्षमा सबै शिक्षकलाई एकजुट र संलग्न हुने आह्वान गर्दै शिक्षकहरुको हकको रक्षा र सम्मानको लागि यो कदम महत्वपूर्ण हुने बताए ।
समिति गठनको कार्यक्रममा विभिन्न शिक्षकहरुले आफ्नो विचार राख्दै पेन्सनको समस्यालाई तत्काल समाधान गर्नका लागि समुहको संघर्ष जारी राख्नुपर्नेमा जोड दिए । टुडे आवाजको सहयोगमा
नाम र धर्म परिवर्तन गरी बस्दै आएका हत्या मुद्दाका फरार अभियुक्त ४० बर्षपछि पक्राउ
- २०८१ माघ १५ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एक अभियुक्तलाई सजाए सुनाएको २३ बर्षपछि पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डिएसपी) बीरेन्द्र कुमार
पूरा पढ्नुहोस्