अस्पताल मेसु प्रकरणमा सबै युवाले काँधमा काँध मिलाएर हिड्न प्रतिवद्ध छ : झा
न्यूज ब्यूरो | जनकपुरधाम, १५ असार । राजपाका युवा कार्यकर्ता प्रशान्त झाले जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपर भएको कालोमोसो प्रकरणमा जनकपुरका युवाहरु एक ढिक्का भएर हिड्न प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार न्यूज ब्यूरोसँग कुराकानी गर्दै झाले जनकपुरका युवाहरु, व्यापारीहरुले राजनीतिक दल

२०७५ असार १५ शुक्रबार, दिउँसो २:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १५ असार । राजपाका युवा कार्यकर्ता प्रशान्त झाले जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपर भएको कालोमोसो प्रकरणमा जनकपुरका युवाहरु एक ढिक्का भएर हिड्न प्रतिवद्ध रहेको बताएका छन् ।
शुक्रबार न्यूज ब्यूरोसँग कुराकानी गर्दै झाले जनकपुरका युवाहरु, व्यापारीहरुले राजनीतिक दल र पार्टीभन्दा उपर उठेर सँघर्ष गर्दै आएको स्पष्टोक्ति दिएका छन् ।
सुशासन, सामाजिक परिवर्तन जनताको हक–अधिकार निरन्तर हाम्रो प्रतिवद्धता हो । जनकपुरका सम्पूर्ण युवाहरु विभिन्न राजनीतिक दलमा संलग्न भएता पनि जुन सुकै मुसिबत र सामाजिक कार्यमा सबै युवाहरु एक ढिक्का भई काँधमा–काँध मिलाई हिड्ने प्रतिबद्ध छन् । उनले भने ।
मेसु प्रकरणलाई राजनीतिको नाम दिँदै केही व्यक्तिहरुले चर्चा गरेपछि झाले यस्तो अभिव्यक्ति दिएका हुन् ।
केही दिन अघि मात्र जनकपुर अञ्चल अस्पतालमा तरुण दल, नेपाल विद्यार्थी सँघ आवद्ध युवाहरुले मेसुलाई कालोमोसो गरेका थिए ।
कालोमोसो काण्डपछि तरुण दलका राकेश विक्रम साह सहितका ६ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…