सहिद कपको लागि मधेश सरकारले बजेट नराख्नु सहिदको अपमान होः कमिटी 

२०८१ माघ १२ शनिबार
दिउसो ३:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको खेलकूद क्षेत्रमा आफ्नो गौरव बढाएको बेला मधेश सरकारले सहिद कपको पाँचौँ सँस्करणको लागि बजेट नदिएपछि युवाहरुले ज्ञापन पत्र बुझाएका छन् । 

शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहलाई सहिद कपको पाँचौँ सँस्करण सँचालनको लागि बजेट राख्नको लागि ज्ञापन पत्र बुझाएको हो । सहिद कप क्रिकेट कमिटीले मुख्यमन्त्री सिँहलाई यसपालीको बजेट कटौति गरेकोप्रति खेद प्रकट गर्दै यसै बर्षमा बजेट मिलाउन आग्रह गरेको हो । 

मधेस आन्दोलनका सहिदहरुको सम्मानमा यो प्रतियोगिता २०७२ साल देखि सँचालनमा रहेको प्रतियोगिताले आफ्नो चौथो संस्करन सफलता पुर्वक सम्पन्न गरिसकेको अवस्थामा पाँचौ सँस्करणको लागि बजेट कटौती गरेपछि युवाहरु मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएको हो । 

विज्ञप्तिमा भनिएको छ –“क्लब स्तरीय प्रतियोगिताबाट शुरूवात भएको यो प्रतियोगिता इन्डो नेपाल हुदै अन्तर प्रदेश स्तरीयसम्म आफ्नो उचाई प्राप्त गरिसकेको छ । मधेस प्रदेश सरकारले नै यश प्रतियोगिताको अपन्तव ग्रहण गरि चौथो संस्करण मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्तालयले
स्वयम्‌ आयोजना गरेको पनि सबैमा जानकारी भएकै विषय हो ।”

मधेस प्रदेश सरकारले यश प्रतियोगितालाई आगामी दिनमा अझ भव्य तरिकाले आयोजना गर्ने कुरा विभिन्न मंचबाट आएको अवस्थामा चालु आर्थिक बर्षको बजेटमा समेत प्रतियोगिताको लागी रकम छुटयाउने कुरा भईसकेको अवस्थामा अन्तिम समयमा राजनैतिक पुर्वाप्रहको कारणले शिर्षक परिवर्तन गरिएको ठहर गरेको हो । 

“प्रतियोगितालाई हटाएको अवस्थामा सम्पुर्ण खेलकुद प्रेमीलाई आधात पुगेको साथै शहिदलाई समेत अपमान भएको बुझिन्छ । तसर्थ यश प्रतियोगितालाई यसै आर्थिक वर्षमा सन्चालन गराउने गरि आवश्यक बजेट छुटपाई दिनुहुन मधेस प्रदेश सरकारसङ जोडदार माग गर्दछौ । मधेस प्रदेश सरकारले यथाशीघ्र यश प्रतियोगितालाई सन्चालन गराउन पहल गरोस्‌ भन्ने विश्वास लिएका छौँ । यो प्रतियोगिता सन्चालन हुन नसके अवस्थामा हामी चरणवद्द आन्दोलनका कार्थक्रम ल्याउन वाध्य हुने समेत चेतावनी दिन चाहन्छौ ।” भनेर ज्ञापन पत्र मार्फत चेतावनी दिएको हो । 

ज्ञापन पत्रको लागि रोशन सिँह राणा, ज्ञानेन्द्र झा ज्ञानु, दिनेश यादव, भवेश मिश्र, अशोक कुमार यादव, गणेश मण्डल लगायतका युवाहरुको एक टोलीले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०८१ माघ १२ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus