महाकुम्भ मेलामा आगलगी, २०० पाल जलेर ध्वस्त, २० मिनेटमै आगो नियन्त्रणमा
आगलगीबाट कुनै मानवीय क्षति भने नभएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । आगलगीको घटना भएलगत्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको जानकारी लिएका हुन् । यस्ता प्रकारको दुर्घटना हुन नदिन थप सशक्ता अपनाउन निर्देशन दिए ।

२०८१ माघ ६ आइतबार, बेलुकी ७:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । १४४ बर्षपछि लागेको महाकुम्भमा आगलगी हुँदा २०० पाल जलेर ध्वस्त भएको छ ।
भारतीय सँचारमाध्यमहरुको अनुसार महाकुम्भको सेक्टर १९ मा भिषण आगलगी भएको हो । आगलगीको कारण २०० बढी पालहरु जलेर ध्वस्त भएको हो ।
भारत उत्तर प्रदेशको प्रयागराजमा आयोजन भएको महाकुम्भ मेलामा खाना बनाउने क्रममा ग्यास सिलिन्डर ब्लास्ट हुँदा आगलगी भएको जनाइएको छ । पालहरु लगत्तै भएपछि एकै क्षणमा २ सय बढी पालमा आगो फैलिएको थियो । तर, २० मिनेटभित्रै एनडिआरएफको टीमले आगोलाई नियन्त्रणमा लिन सफल भयो । दमकल कर्मचारीहरुले केही क्षणमै आगो पूर्ण रुपमा निभाउन सफल भए ।
आगलगीबाट कुनै मानवीय क्षति भने नभएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । आगलगीको घटना भएलगत्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको जानकारी लिएका हुन् । यस्ता प्रकारको दुर्घटना हुन नदिन थप सशक्ता अपनाउन निर्देशन दिए ।
सो दुर्घटनामा घाईते भएकाहरुलाई यथाशिघ्र उपचारको लागि पठाईएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…