महाकुम्भ मेलामा आगलगी, २०० पाल जलेर ध्वस्त, २० मिनेटमै आगो नियन्त्रणमा 

२०८१ माघ ६ आइतबार
बेलुकी ७:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । १४४ बर्षपछि लागेको महाकुम्भमा आगलगी हुँदा २०० पाल जलेर ध्वस्त भएको छ । 

भारतीय सँचारमाध्यमहरुको अनुसार महाकुम्भको सेक्टर १९ मा भिषण आगलगी भएको हो । आगलगीको कारण २०० बढी पालहरु जलेर ध्वस्त भएको हो । 

भारत उत्तर प्रदेशको प्रयागराजमा आयोजन भएको महाकुम्भ मेलामा खाना बनाउने क्रममा ग्यास सिलिन्डर ब्लास्ट हुँदा आगलगी भएको जनाइएको छ । पालहरु लगत्तै भएपछि एकै क्षणमा २ सय बढी पालमा आगो फैलिएको थियो । तर, २० मिनेटभित्रै एनडिआरएफको टीमले आगोलाई नियन्त्रणमा लिन सफल भयो । दमकल कर्मचारीहरुले केही क्षणमै आगो पूर्ण रुपमा निभाउन सफल भए ।

आगलगीबाट कुनै मानवीय क्षति भने नभएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । आगलगीको घटना भएलगत्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको जानकारी लिएका हुन् । यस्ता प्रकारको दुर्घटना हुन नदिन थप सशक्ता अपनाउन निर्देशन दिए । 

सो दुर्घटनामा घाईते भएकाहरुलाई यथाशिघ्र उपचारको लागि पठाईएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८१ माघ ६ आइतबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus