न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित सँचालनमा रहेको स्टार कोचिँगका सँचालक बब्लु यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
कोचिँगमा अध्ययनरत एक छात्रालाई जबरदस्ती फोन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । छात्राले दिएको निवेदनको आधारमा यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
जनकपुरको जिरोमाईलस्थित सँचालनमा रहेको सो कोचिँगका सँचालक यादवले छात्रासँग गरेको संवादमा उनले जबरदस्ती गरेको सुनिएको छ । छात्राले दिएको व्हाट्सएप मेसेजमा उनले जबरदस्ती गरेको रेकर्ड देखिएको छ । छात्राले सेभ गरेको नम्बरमा स्टार कोचिँग सर भनेर लेखिएपनि सो मोबाईल नम्बर यादवकै रहेको भनेर दिन मानेनन् । रेकर्डमा यादवको तस्विर समेत देखिएको छैनन् ।
छात्राले दिएको जाहेरीको आधारमा यादवलाई पक्राउ गरिएको हो । सँचालक यादवसँग छात्राको पहिले पनि कुरा हुँदै आएको देखिएको छ । कुराकानीलाई आधारमा मान्दा छात्राले “अब आउँदिन्न” भनेर भनिएको सुनिएको छ ।
यस सन्दर्भमा सँचालक यादवकी श्रीमतिले उनको पक्राउ भएको र छात्रासँग दुरव्यवहार गरेको कुरा सत्य रहेको बताईन् । उनी धेरै बोल्न चाहिनन् ।
यादवमाथि धनुषा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
सुनसरी क्षेत्र नं. १ को काङ्ग्रेस क्षेत्रीय सभापतिमा युवा नेता बिनोद आले मगरको उम्मेदवारी
- २०८१ माघ २ बुधबार
धरान । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा क्षेत्रीय सभापति पदका लागि युवा नेता बिनोद आले मगरले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेसको
पूरा पढ्नुहोस्
