नाम र धर्म परिवर्तन गरी बस्दै आएका हत्या मुद्दाका फरार अभियुक्त ४० बर्षपछि पक्राउ

२०८१ पौष २८ आइतबार
रति ८:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एक अभियुक्तलाई सजाए सुनाएको २३ बर्षपछि पक्राउ गर्न सफल भएको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डिएसपी) बीरेन्द्र कुमार पासवान कमाण्डको टोलीले हत्या घटनाको ४० बर्षपछि एक अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । 

वि.सं. २०४१ साल चैत्त १६ गतेमा रौतहटका लेखापढी व्यवसायी ललन सिंहको हत्या आरोपमा राजु सिँहलाई पक्राउ गरिएको हो । 

घटनाको १६ वर्षपछि गत वि. सं. २०५७ साल फागुन २६ गतेमा रौतहट जिल्ला अदालतले हत्यामा चारजनालाई दोषी ठहर गर्दै सजायको फैसला गरेकोमा कैद सजाय पाएकामध्ये तीनजना फरार थिए । लामो समयदेखि प्रहरीले उनीहरूको खोजी गरिरहेको थियो ।

केही दिनअघि मधेश प्रहरीले लेखनदास ललन सिंहको हत्यमा कैद सजाय पाएका राजु सिंह सर्लाहीको चक्रघट्टामा बसिरहेका खवर पाएपछि सिरहाका डिएसपी पासवानको नेतृत्वमा टोली खटाएको थियो । प्राप्त सूचना पछ्याउँदै प्रहरी चक्रघट्टा गाउँपालिका वडा नम्बर ४ को सुन्दरपुरमा नाम, धर्म र बुवाको नाम सबै परिवर्तन गरी बसिरहेको सिँहलाई पक्राउ गरेको जनाइएको छ । 

प्रहरी त्यतिवेला चकित पर्‍यो, जब नियन्त्रणमा लिइएका व्यक्तिले आफू राजु नभई मोहम्मद सराज राइन भएको परिचयपत्र देखाए । त्यही नामको नागरिकतासमेत देखाए । प्रहरी अन्योलमा पर्‍यो । तर, सूचना दिनेले पहिचान र धर्मसमेत परिवर्तन गरेर बसेको सूराक दिएकाले प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढायो ।

प्रहरीको नियन्त्रणमा परेपछि भने ती व्यक्तिले आफ्नो वास्तविक परिचय धेरैबेर लुकाउन सकेनन् । र, भने, ‘म राजु सिंह नै हुँ । तर, हत्यामा मेरो कुनै संलग्नता छैन ।’

राजु तिनै व्यक्ति थिए, जसका बाबु रत्नेश्वरप्रसाद सिंह पनि ललन सिंहको हत्या अभियोगमा २० वर्षको कैद सजाय पाएका थिए । र, कैद भुक्तान गरेर २०७७ मा रिहा पनि भए ।

घटनालगत्तै आरोपितहरू रत्नेश्वर, उनका छोरा राजु, नागेश्वर महरालगायत फरार भएका थिए । भागेर भारत पुगेका उनीहरूमध्ये रत्नेश्वरलाई प्रहरीले पक्राउ गरेर ल्यायो । बाँकी फरारै रहे ।

राजुले पक्राउपछि प्रहरीलाई दिएको बयानअनुसार फरार भएपछि उनले भारतमा बसेर बसको खलासीको काम गरे । केही वर्षपछि सर्लाहीको चक्रघट्टा गाँगपालिका ४ सुन्दरपुर फर्के । त्यहाँ घर बनाए ।

रौतहटको राजदेवी नगरपालिका– ९ (साविक ब्रह्मपुरी गाविस– १) घर भएका लेखापढी व्यवसायी सिंहको हत्यापछि पत्नी धुपकली देवीको जाहेरीमाथि अनुसन्धान गर्दै प्रहरीले चारजनालाई प्रतिवादी बनाई रौतहट जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । तर, प्रहरी नियन्त्रणमा रहेका रत्नेश्वरले मात्र कैद सजाय भोगे । अरु फरार कैदीहरूको खोजी भइरहेको थियो ।

राजुले आफ्नो परिचय फेरे । धर्मसँगै नाम पनि परिवर्तन गरे । उनले हिन्दु धर्म परिवर्तन गरी मुस्लिम धर्म अपनाए भने राजु सिंह नामलाई मोहम्द सराज राइनमा परिवर्तन गरे । ‘घटनाको केहीवर्षसम्म फरार भएर म भारतको विहारमै बसमा खलासीको काम गरे । करिब ३० वर्ष भयो । म सुन्दरपुर फर्के । त्यहाँ मैले धर्म परिवर्तन गरी मुस्लिम बने । विवाह गरे । नागरिकता बनाएँ,’ प्रहीलाई बयानको क्रमममा उनले भनेका छन् ।

नाम र धर्मसमेत परिवर्तन गरेपछि उनले झुटो विवरण पेश गरी नागरिकता पनि लिए । प्रहरीका अनुसार नागरिकता लिने क्रममा उनले बुबाको नाम मो. खलिफ राखेर मो. सराज राइनको नामबाट नागरिकता लिएका थिए ।

‘मेरो सुरुको नाम राजु सिंह हो । बुबा रत्नेश्वर हुनुहुन्छ । यहाँ नागरिकता लिँदा बुबाको नाम मो. खलिफ राखेको छु । त्यस नामको व्यक्ति कोही हुनुहुन्न । यतिकै नाम राखे’ उनले प्रहरीलाई बयान दिएका छन् ।

उनले दुईवटा विवाहसमेत गरे । राजुका अनुसार पहिलो बिहे सबिला नाम गरेकी महिलासँग गरेका थिए । उनले छाडेर हिँडेपछि सबिना नाम गरेकी अर्की महिलासँग विवाह गरे ।

उनले हत्याको घटनामा भने संलग्नता नरहेको जिकिर गरेका छन् । ‘म बालक नै थिएँ । त्यो घटनामा मेरो संलग्नता छैन । त्यस घटनामा बुबाको संलग्नता थियो । उहाँ जेल सजाय काटिसक्नु भएको छ,’ बयानमा उनले खुलाए ।

  • 0%
  • 0%
  • 0%
  • 40%
  • 20%
  • 40%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०८१ पौष २८ आइतबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus