न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमै एमबिबिएस पढाई सुरु भएको छ । एमबिबिएसको लागि ५० जना विद्यार्थी भर्ना गरिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढ्ने विद्यार्थीलाई दिइने छात्रवृत्तिको सम्पूर्ण रकम प्रदेश सरकारले ब्यहोर्ने जानकारी दिएका छन् ।
विहिबार जनकपुरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ विद्यार्थीहरूका लागि सुरु गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री सिंहले ५० जनामध्ये ३८ जनाको छात्रवृति (स्कोलरसिप) मधेश सरकारले दिने बताएका छन् ।
उनले मधेशबाहिरका विश्विद्यालयहरूलाई छात्रवृत्तिवापत् युनिभर्सिटी ग्रान्ट कमिशन (यूजीसी) ले अनुदान दिने गरेको भए पनि मधेश प्रदेशलाई यस्तो सुविधा नदिइएको गुनासो गरे ।
प्रतिष्ठानमा देशका विभिन्न ठाउँबाट अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत गर्दै अध्ययन पश्चात् उनीहरू स्वास्थ्य सेवामा प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यमन्त्री शत्रुधनप्रसाद सिंहले स्वस्थ मधेश प्रदेश निर्माण गर्ने लक्ष्यका साथ प्रदेश सरकार अहोरात्र खटिरहेको बताए ।
त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मंगल रावलले प्रतिष्ठानले एमबीबीएस अध्ययन अध्यापन सुरु गरेकोमा खुशी व्यक्त गर्दै यसले मधेशको स्वास्थ्य क्षेत्रको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. अंकुर साहले मधेश स्वास्थ्य सेवाको विकास र विस्तारका लागि प्रतिष्ठान गठन हुनु संघीयताकै उपलब्धि भएको बताए ।
उनले यो संस्थाको जन्म दिने तत्कालीन प्रदेश सरकार र मधेश प्रदेशसभा सांसद्हरूप्रति आभार पनि व्यक्त गरे । साथै, प्रतिष्ठानलाई मूर्त रूप दिने प्रथम उपकुलपति स्वर्गीय प्रा.डा. रामकेवल साहको योगदानलाई पनि स्मरण गरेको थियो ।
धनुषाका तत्कालिन कृषि हाकिमसहित ८ सरकारी कर्मचारीमाथि भ्रष्टाचार मुद्दा
- २०८१ पौष २६ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । कृषि ज्ञान केन्द्र धनुषाका तत्कालिन प्रमुखसहित ८ जना सरकारी कर्मचारीमाथि मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका कृषि हाकिमसहित भूमि व्यवस्था, कृषि तथा सहकारी
पूरा पढ्नुहोस्