WI-FI बन्द गर्न भनेपछि आफ्नै नाति नातिनिले हजुरबुवालाई गरे हत्या

२०८१ पौष २४ बुधबार
रति ८:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज ।  पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति नातिनी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पोखरिया नगरपालिका वडा नम्बर ८ जगतपुर बस्ने वर्षीया २० वर्षीया खुश्बु खातुन र काबुल देवान १८ वर्षीय  रहेका छन्।

उनीहरूलाई मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। उनीहरूले ८० वर्षीय हजुरबुवा रामजान देवानको सोमबार राति कुटपिट गरी हत्या गरेको लम्सालले बताए।

घरायसी विवादको क्रममा कुटपिट गर्दा गम्भीर घाइते भएका रामजानलाई वीरगञ्ज हेल्थ केयर हुँदै न्युरो अस्पताल वीरगञ्ज  पुर्‍याइएको थियो। उनको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको लम्सालले बताए।

‘घरमा वाइफाईको विषयमा सामान्य विवाद हुँदा हजुरबुवालाई कुटपिट गरेको अनुसन्धानमा खुल्न आएको छ,’ लम्सालले भने, ‘सामान्य कुटपिट हुँदा घाइते भएका हजुरबुवाको अस्पतालमा मृत्यु भएपछि संलग्नहरूलाई पक्राउ गरिएको हो।’

लम्सालका अनुसार हजुरबुवाले वाइफाई बन्द गर्न नाति नातिनीलाई अह्राएका थिए। किन बन्दै गर्ने भन्दै नाति नातिनी हजुरबुवामाथि खनिएका थिए।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले हत्यामा संलग्न छोराछोरीलाई उनीहरूलाई पक्राउ गरेको थियो। 

  • 0%
  • 3%
  • 0%
  • 0%
  • 0%
  • 96%

प्रदेशलाई साक्षर बनाउन विश्वविद्यालयका स्वयँसेवी विद्यार्थी परिचालन गरिनेः मुख्यमन्त्री सिँह

  • २०८१ पौष २४ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेश सरकारले प्रदेशमा साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने भएको छ ।  मुख्यमन्त्री सतिशकुमार सिँहले मधेशमा शिक्षाको वञ्चितिकरण र निरक्षरताको सँख्या गम्भीर समस्या बनेकाले गरीबी

पूरा पढ्नुहोस्

Bureau Menus